कञ्चनपुर : मन्दिरबाट घण्टी चोरेको आरोपमा २ जना भारतीय पक्राउ परेका छन्। दोधारा चाँदनी–२ लठ्ठाघाटस्थित कमलशा मन्दिरबाट घण्टी चोरेको आरोपमा उद्यमसिंह नगर (भारत) निवासी अन्दाजी वर्ष १८ का आरिफ अन्सारी र वर्ष २४ का बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ।मन्दिरबाट साना र मध्यम गरी २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। स्थानीयले मन्दिरमा चढाएको घण्टी चोरिरहेको भन्दै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए।इलाका प्रहरी कार्यालय दोधारा चा