राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न घर परिवारको पहिचान गरी राष्ट्रिय परिचय पत्र प्रदान गरिने बताउनु भएको छ । उहाँले आगामी वर्ष ९० किलोमिटर तटबन्धन निर्माण गरिने बताउनुभयो । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो ।