सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आत्मनिर्भर बन्ने लक्ष्य

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आन्तनिर्भर बन्ने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले विष्णु पौडेलले ती वस्तुमा आत्मनिर्भर बन्दै निकासी प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरेका हुन्। यस्तै, सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको छ।

सम्बन्धित सामग्री

फर्निचर व्यवसाय आर्थिक क्रियाकलापमा महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन्। नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भने, ‘नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि हामीले विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था होइन । काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु हाम्रा लागि सुखद् होइन ।’ ‘फर्निचरको क्षेत्रमा हामी आत्मनिर्भर बन्न सकिन्छ । निर्यातको पनि प्रशस्त सम्भावना छ । कला संस्कृतिको हिसाबले पनि नेपाल समृद्धि छ । हामीले विशिष्ठ किसिमका फर्चिनर निर्माण गर्न सक्छौं, जसको माग देशबाहिर पनि हुन सक्छ’ मन्त्री डा. महतले भने, ‘यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ । हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार, यही उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्दछ । यही उद्योग व्यवसाय फस्टाउन सकोस् भनेर सरकारले यो नीति अवलम्बन गरेको हो ।’ स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहन्छ । सरकारी अथवा निजी घरमा बाहिरी फर्निचर उपयोग भइरहेको छ । ती फर्निचर हेर्दा राम्रो देखिए पनि टिकाउ नहुने मन्त्री डा. महतको भनाइ थियो । यस्ता कुरा हामीले उपभोक्तालाई सूचित गर्न जरुरी रहेको भन्दै उनले भने, ‘हाम्रा उत्पादन पनि आकर्षक र टिकाउ हुन जरुरी छ । ऐन, नियम र कानुनले फर्निचर उद्योगमा समस्या आएको भनिएको छ, त्यसलाई फुकाउन सरकार लागेको छ ।’ ‘नेपाली उद्योगलाई सहज गर्ने कुरामा हामीले सहयोग पुर्याउनुपर्छ । वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ । आयातित बस्तुसँग प्रतिस्पर्धा गर्ने गरी हामीले काम गर्नुपर्छ । यो व्यवसायमा हामी आत्मनिर्भर भएर बाहिर निर्यात गर्ने अवस्थामा हामी पुग्नुपर्छ’ मन्त्री डा. महतले भने ।

दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकन

‘के हामी आत्मनिर्भर छौं ? ’ भन्ने थिममा केन्द्रित रहेर राजधानीको भृकुटीमण्डपमा चलिरहेको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको चाप देखिएको छ । इन्द्रजात्राको अवसरमा भएको विदाका कारण एक्स्पोको दोस्रो दिन बिहीबार अवलोकनकर्ताको चाप देखिएको हो । एक्स्पोमा सञ्चालित खुल्ला बजारमा पनि उपभोक्ताको चहलपहल बाक्लो छ । बिहीबार साँझसम्ममा १७ हजारले एक्स्पोको अवलोकन गरेको आयोजकले जानकारी […]

फर्निचरमा मुलुकलाई आत्मनिर्भर बनाउन कानुन संशोधन आवश्यक : उद्योगमन्त्री

१० असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले फर्निचर आयात मुलुकका लागि सुखद् नभएको बताएका छन् । भृकुटीमण्डपमा बुधबारदेखि सुरू भएको ‘फर्नेक्स-२०२३’ को उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो धारणा राखेका हुन् । नवौं संस्करणको एक्स्पोको उद्घाटन गर्दै मन्त्री रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताए । आयात मुलुकका […]

असोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै

काठमाडौं- काठमाडौंस्थित भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तीव्र पारिएको जानकारी दिएको हो। ‘के हामी आत्मनिर्भर छौं?’ भन्ने मुख्य थिमसहित आयोजना हुने एक्स्पोको असोज १० गते दिउँसो १ बजे उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन्। नेपाल फर्निचर तथा […]

भृकुटीमण्डपमा १० असोजदेखि फर्निचर एक्स्पो हुने

५ असोज, काठमाडौं । आगामी १० असोजमा काठमाडौंको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स-२०२३) आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारीबारे जानकारी दिएको हो । 'के हामी आत्मनिर्भर छौं …

नख्खु कारागारका कैदीलाई सीप विकासको तालिम दिँदै ललितपुर महानगर

६ चैत, ललितपुर। ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरुलाई सीप विकास तालिम दिन सुरु गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरुमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भर बनाउन महानगरले तालिम दिन सुरु गरेको जनाएको छ । पहिलो चरणमा नख्खु कारागारमा रहेका बन्दी मध्ये ६० जनाले तालिम लिदैंछन् । उनीहरुलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ […]

फर्निचर एक्स्पोमा कार्पेट र म्याट्रेसको धेरै खोजी

राजधानीको भृकुटीमण्डपमा जारी आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा कार्पेट तथा म्याट्रेसमा अवलोकनकर्ताको विशेष रुची देखिएको छ । कार्पेट तथा म्याट्रेसमा मुलुक आत्मनिर्भर भइसकेको अवस्थामा यसको माग तथा खपत बढ्दै गर्दा उद्योगी व्यवसायी उत्साहित छन् ।बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । “अघिल्ला २ दिनमा […]

फर्निचरमा आत्मनिर्भर बन्ने दौड

बिहीबारदेखि आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स) २०२२ सुरु हुने भएको छ । फर्नेक्समा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको सहभागिता हुने आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । एक्स्पोमा किचेन, […]

आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता आयोजना हुँदै

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । “यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,” जोशीले भने, “यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।”फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए । पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन ।  ५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत बंगलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैन् । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । आधुनिक जीवनशैलीको चलन बढिरहेका बेला फर्निजन्य उत्पादनको बजार बिस्तारमा पनि एक्स्पोले महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागि हुनका लागि बुकिङ खुल्ला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरुलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

यी २३ वस्तुमा नेपाल आत्मनिर्भर

काठमाडौं।उद्योग विभागले विभिन्न २३ वटा औद्योगिक उत्पादनमा नेपाल आत्मनिर्भर बनेको बताएको छ।विभागको प्रतिवेदनअनुसार ह्याचरी,कुखुरा, दूध, मासु, माछा,चिया, पिठो, मसला,पेन्ट, फलाम, जिंक पाता, कागज, ईटा, हरियो तरकारीमा नेपाल आत्मनिर्भर छ। यसैगरी, फर्निचर, साबुन/सर्फ, जीआई पाइप र एचडीपीई पाइपमा समेत नेपाल आन्तनिर्भर बनिसकेको विभागले जानकारी दिएको छ। विभागले सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरको विस्तृत अध्ययन प्रतिवेदन’मा यस्तो उल्लेख छ।