अर्थमन्त्री जनार्दन शर्माले उपभोग्य वस्तुको पहिलो प्राथमिकता स्वदेशी उद्योग र उत्पादनलाई दिएको बताएका छन् । बजेटले ‘मेड इन नेपाल’, ‘मेक इन नेपाल’ जस्ता कार्यक्रमलाई समेट्दै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनको नीति लिएको बताए ।बजेटबारे थप जानकारी दिन सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले यस्तो कार्यक्रमको शुरुवात मन्त्रालयबाटै गरिने समेत बताए । ‘हामीसँगै कपडा उद्योगहरु छन्, छाला जुत्ता उद्योगहरु छन् । यस्तै अन्य उपभोग्य वस्तुहरु खाद्या