उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा लोेडसेडिङ छैन : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरुले भने जस्तो १४ घण्टा उद्योगहरुमा लोेडसेडिङ नभएको बताएका छन् । उर्जा मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तत्कालिन समयमा भारतबाट विद्युत खरिद गर्न समस्या आएकाले कही कतै विद्युत कटौती भएकोबाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गरेका हुन् । निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगहरुमा लोडसेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताए । कुनै उद्योगहरुमा ट्रान्समिसन लाइनको कारण विद्युत कटौती भएर बेलुका एक÷दुई घण्टा विद्युत कटौती भएको हुन सक्छ तर प्राधिकरणले समयमा नै जानकारी दिने गरेको बताए ।उनले भने,‘अहिले हिउँद महिनामा विद्युत आयात गर्नु पर्ने भए पनि असारबाट बिक्रि गनुपर्छ । २१ सय मेगावटको उत्पादन क्षमता रहेको छ । २०० सय मेगावट असारसम्म थपिने निश्चित छ । उत्पादन क्षमता २३ सय मेगावट हुन्छ । हाम्रो देशैभर माग १९ सय देखि २ हजार मेगावट पुग्यो भने पनि ४ सय मेगावट बेच्नु पर्ने हुन्छ । रातीको समयमा बढी पनि बेच्नु पर्ने हुन्छ । फरक मार्केटमा प्रवेश गर्नुपर्छ । अहिले भारतले जुन अनुमति दिएको छ राम्रो भएको छ । अहिले तत्काल औधोगिक क्षेत्रका उद्योगीहरुले प्राधिकरणले लोडसेडिङ ग¥यो भन्ने विषयहरु पनि आयो । यो तत्कालिन अवस्थाको समस्या थियो । लामो समयको समस्या जस्तो गरेर जुन हिसाबले बाहिर आयो । त्यो थिएन। कहिले काँही कतै कटौती भयो । तर हामीले लोडसेडिङ गरेको छैन । कुनै पनि उद्योगलाई लोडसेडिङ गरेको छैन । बेलुकाको समयमा कुनै उद्योगमा एक दुई घण्टा ट्रान्समिसन लाइनको कारणले  लोड कम गर्ने कुरा प्राधिकरणले समयमा नै भन्ने गरहेको हुन्छ ।त्यो बाहेक कहि पनि लोडसेडिङ भएको छैन ।’निर्देशक घिसिङले यो रुस र युक्रेनबीचको युद्धको कारण विद्युत आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरुले बुझ्नु पर्ने बताए। उनले तीन महिना भारतबाट केही विद्युत आयात गर्ने तर असारबाट भारतलाई ४ सय मेगावट विद्युत निर्यात गर्ने अवस्था रहेको बताए । असारसम्म नेपालको विद्युत उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको दाबी गरे। 

सम्बन्धित सामग्री

जति विद्युत खपत बढ्यो, उति नै बढी अर्थतन्त्रमा योगदान पुग्छ: कुलमान घिसिङ

जति विद्युत खपत बढ्यो, उति नै बढी अर्थतन्त्रमा योगदान पुग्छ: कुलमान घिसिङ

चिन्ता मात्र गरेर बसेको भए नेपालमा अझै लोडसेडिङ भइरहन्थ्यो : कुलमान घिसिङ

चिन्ता मात्र गरेर बसेको भए नेपालमा अझै लोडसेडिङ भइरहन्थ्यो : कुलमान घिसिङ

ओशो तपोवन पुगे कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ओशो तपोवन पुगेका छन्। घिसिङ प्राधिकरणका उच्च अधिकारीहरूको टिमसहित शुक्रबार बालाजु माथि रहेको ओशो तपोवन पुगेका हुन् । उनी सहित प्राधिकरणको टिम राष्ट्रको लागि तपोवन कार्यक्रम अन्तर्गत ध्यान साधनामा सहभागी भएका हुन्।

कुलमान घिसिङ र गण्डकीका सभामुखलाई आयाेगले स्पष्टीकरण साेध्याे

काठमाण्डाै – निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको आज बिहीवारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनालाई पत्र पठाएर सात दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।    नेकपा (माओवादी केन्द्र) ले घिसिङको तस्बिर चुनाव प्रचार सामग्रीमा प्रयोग विषयलाई लिएर...

कुलमान घिसिङ सम्मानित

उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ ।फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यक

कुलमान घिसिङ विरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध निबर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । यही भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’ मा राखिएकोमा आज सुनुवाई हुन लागेको हो । शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त […]

कुलमान घिसिङ विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेर बुधबार नियुक्तपत्र दिइएको हो। गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए। दैनिक […]

विद्युत प्राधिकरणको निर्देशकमा पुनः कुलमान घिसिङ

काठमाडौं।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पुनः प्राधिकरणको निर्देशकमा नियुक्त गरेको हो।यसअघि उनी चार वर्षे कार्यकाल सकेर २०७७ साल भदौमा प्राधिकरणबाट विदा भएका थिए। निर्वतमान ओली सरकारले फेरि उनलाई नै नियुक्त गर्ने चर्चा चलेपनि अन्तिममा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको निर्देशकमा नियुक्त गरिएको थियो। घिसिङलाई आजै उर्जा मन्त्रालयले नियुक्ति पत्र दिने बताइएको छ।

विद्युत् प्राधिकरणमा कुलमान घिसिङ नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ । मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ । नवनियुक्तमन्त्री भुसालले हिउँदमा १८ घण्टासम्म हुने लोडसे...