सिंहदरबारमा पड्कियो पेस्तोल, भित्तामा गोली लाग्दा भएन कुनै क्षति

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका अंगरक्षकको पेस्तोल पड्किँदा गोली चलेको छ।सिंहदरबारमा उपाध्यक्ष दाहालकी अंगरक्षक अनुपमा भारतीले बोकेको पेस्तोल जाँचका क्रममा एक्कासी पड्किँदा गोली चलेको हो।तर, त्यसबाट कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारले जनाएको छ। संसद्‍ सचिवालयको दोस्रो भवनमा उपाध्यक्ष दाहालकी अंगरक्षक भारतीले पेस्तोल जाँच गर्दा एकाएक गोली चलको प्रहरी सुरक्षा गण सिंहदरबारले जनाएको छ।पेस्तोल पड्किएर चलेको ग

सम्बन्धित सामग्री

सुन्दरहरैँचामा हात्तीको हुलले पुर्‍यायो क्षति

१७ पुस, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक जंगली हात्ती मारिएको भोलिपल्ट हात्तीको समूहले गाउँमा क्षति पुर्‍याएको छ । आइतबार राति सुन्दरहरैंचामा तस्करको समूहले गोली हानेर एउटा जंगली हात्ती मारेको थियो । त्यसको भोलिपल्ट सोमबार राति हात्तीको समूहले विश्वविद्यालय, किसानको केरा खेती र घरमा क्षति पुर्याएको हो । विश्वविद्यालयको कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका […]

कंगोमा गोली प्रहार हुँदा ठूलाे मानवीय क्षति

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकले प्रदर्शनकारीमाथि गोली प्रहार गरेकाे छ । साेही गोली प्रहारका कारण कंगोमा ठूलो मानवीय क्षति समेत भएको हाे । घटनामा थुप्रै घाइते भएको बताएपनि यकिन बिवरण भने आएको छैन् । कंगो र युगाण्डाको पूर्वीसीमामा भएको घटनाको सामाजिक सञ्जालमा सार्वजनिक भएको दृश्यमा एक प्रहरी सादा पोशाकमा र अर्को […]

राँगोलाई नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारियो

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ मा एक राँगोलाई गोली हानी मारिएको छ । नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई नियन्त्रणमा लिन नसकेपछि एक राउण्ड गोली हानेर मारिएको हाे । उक्त राँगोले आज बिहान गोदाम चौरको बस्तीमा आतंक मच्चाएको थियो । सो घटनामा मानविय क्षति भने हुन पाएको छैन ।

श्रीलंका : हिंसा भड्काउने देख्नेबित्तिकै गोली हान्न रक्षा मन्त्रालयको आदेश

श्रीलंकाको रक्षा मन्त्रालयले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा जीवनलाई खतरामा पार्ने व्यक्तिलाई गोली हान्न आदेश जारी गरेको छ। अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा आन्दोलनले हिंसात्मक रुप लिँदै दंगाको रुप लिइरहेको छ । देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले भने, “सुरक्षा बलहरूलाई सार्वजनिक सम्पत्ति लुट्ने वा जीवनमा क्षति पुर्‍याउने जोसुकैलाई देख्नेबित्तिकै गोली हान्ने […]

होली मनाउने क्रममा झडप : २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति

रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ । शुक्रबार राति भएको झडपमा ई राउण्ड हवाई फायर भएको प्रहरीले जनाएको छ । तर कसले गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । होली खेल्दै गर्दा बाबा डिस्टिलरीका सञ्चालक ओम प्रकाश जयसवाल र कटहरिया–९ डुमरियाका वडा अध्यक्ष रामाज्ञा यादव पक्षबीच भएको दोहोरो झडपमा

सिंहदरबारमा एक राउण्ड गोली फायर

काठमाडौँ– चेकजाँचको क्रममा बुधबार मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल […]

सिंहदरबारभित्र राष्ट्रिय सभा उपाध्यक्षका पीएसओले बोकेको पेस्तोलबाट गोली पड्कियो

काठमाडौं- सिंहदरबारभित्र बुधबार राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालकी पीएसओले बोकेको पेस्तोलबाट गोली पड्किएको छ। कुनै मानवीय क्षति भने नभएको काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले जानकारी दिए। दाहालकी पीएसओ रहेकी असई अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्किएको हो। एसएसपी सिंहले भर्‍याङबाट तल झर्नेक्रममा भारतीले बोकेको ‘लोडेड’ पेस्तोल भुईमा झरेर गोली पड्किएको बताए। ‘भारतीले कम्मरमा राखेको […]

सिंहदरबारभित्र पीएसओको पेस्तोलबाट गोली चल्यो

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र बुधवार गोली चलेको छ ।  प्रहरी प्रधान कर्यालयले ‘मिस ह्यान्डलिङ’का कारण गोली चलेको जनाएको छ । बुधवार दिउँसो राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । गोली चल्दा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सिंहदरबारभित्र गोली चल्यो, कसरी चल्यो पेस्तोल? खोज्दै प्रहरी

काठमाडौंः सिंहदरबारभित्र गोली चलेको छ। बुधवार दिउँसो राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालका पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको प्रहरीले जनाएको छ। गोली कसैलाई नलागेकाले क्षति भएन। गोली कसरी चल्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 'प्राविधिक त्रुटिले गर्दा पेस्तोलबाट फायर भएको देखिएको छ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका…

क्याम्पसमा गोली प्रहारको घटना निन्दनीय :  पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन् । टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति भएको बताएका छन् ।रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा  ६ जनाको ज्यान गएको छ ।