रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ६ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको निन्दा गरेका छन् । टेलिभिजनमार्फत सोमबार सम्बोधन गर्दै राष्ट्रपति पुटिनले उक्त घटना पीडित परिवारका लागि मात्र नभएर सिङ्गो राष्ट्रका लागिसमेत क्षति भएको बताएका छन् ।रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार भएको बन्दुकधारीको गोली प्रहारमा ६ जनाको ज्यान गएको छ ।