प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र बुधवार गोली चलेको छ ।
प्रहरी प्रधान कर्यालयले ‘मिस ह्यान्डलिङ’का कारण गोली चलेको जनाएको छ ।
बुधवार दिउँसो राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
गोली चल्दा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।