वालिङ (स्याङ्जा), ११ असोज । अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो । चार दिनदेखि निरन्तर रुपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका-५ तर्फको बजारका […]
नारायणगढ (चितवन), ११ असोज । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । […]
वाणिज्य बैंकहरूको औसत आधारदर थप घटेर ४.७२ प्रतिशतमा झरेको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणमा बैंकहरूको आधारदर घटेको देखिएको हो। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत थियो। गत असारसम्म यस्तो दर ४.८३ प्रतिशतमा आइसकेको थियो। […]
११ असोज, पाल्पा । पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, …
बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा पुल क्षतिग्रस्त बनेको छ । पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प भएको छ । कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पुर्वततर्फको पिल्लर नै बाढीले भत्काएको छ । एक महिना अगाडि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो । छेउको जमिन नदीले कटान गरेपछि […]
एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक आफ्नो ‘कार्यक्रम ढाँचा तथा सर्त समीक्षा’ सार्वजनिक गरेको छ । यस समीक्षाले कोभिड-१९ महामारी, जीवनयापनको लागत सङ्कट, भू-राजनीतिक द्वन्द्व र उच्च विश्वव्यापी आर्थिक अनिश्चितता जस्ता ठूला धक्काहरूबीच सन् २०१८ देखि २०२४ सम्म सञ्चालित आईएमएफ सहयोग प्राप्त कार्यक्रमहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको छ । आईएमएफले आफ्ना सदस्य […]