बैंकहरूको आधारदर ४.७२ प्रतिशत, कर्जा सस्तिने आधार थप बलियो

वाणिज्य बैंकहरूको औसत आधारदर थप घटेर ४.७२ प्रतिशतमा झरेको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणमा बैंकहरूको आधारदर घटेको देखिएको हो। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत थियो। गत असारसम्म यस्तो दर ४.८३ प्रतिशतमा आइसकेको थियो। […]