कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा पुल क्षतिग्रस्त बनेको छ । पुल क्षतिग्रस्त बनेपछि आवतजावत ठप्प भएको छ । कालीगण्डकी नदीमा भइरहेको दोहनका कारण नदीको धार परिवर्तन हुँदा पुलको पुर्वततर्फको पिल्लर नै बाढीले भत्काएको छ । एक महिना अगाडि बाढीले कटान गर्दा पुल जोखिममा परेको थियो । छेउको जमिन नदीले कटान गरेपछि […]