केन्द्रमा गठबन्धन राजनीति

स्थानीय तह निर्वाचनको समाप्तिसँगै पाँचदलीय गठबन्धनमा आ–आफ्नै हिसाबका असन्तोषहरू सल्किएका छन् । निर्वाचन परिणामबाट खनाल–नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी सन्तुष्ट देखिँदैन । एकीकृत समाजवादीका ‘वैचारिक’ नेता झलनाथ खनालले नेपाली कांग्रेस नेतृत्वको अहिलेको गठबन्धनलाई वामपन्थी गठबन्धनले प्रतिस्थापन गर्नुपर्ने कुरा उठाएका छन् । उनले यो कुरा जति सजिलोसँग उठाएका छन्, त्यति सजिलो छैन वामपन्थी गठबन्धनको निर्माण । जनयुद्धको सफलतापछि माओवादीका विचारक मानिने मोहन वैद्यले गणतन्त्रको स्थापनापछि पनि राजतन्त्र छाडेका छैनन् । उनी राजा ज्ञानेन्द्रलाई कम्बोडियाका राजा सिंहानुकझैं बनाएर नेपालको राजगद्दीमा राख्न चाहन्छन् । नेपालको राजनीतिमा सिद्धान्त र नीतिले काम गर्दैन । अहिले देशमा जे भइरहेको छ, त्यो राजनीतिक पार्टीहरूको अकर्मण्यताको परिणाम हो ।

सम्बन्धित सामग्री

सत्ता केन्द्रित गठबन्धन

नेकपा एमालेको समर्थनमा सरकार बनाएका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सम्हालेको सय दिन पनि नपुग्दै सत्तासमीकरण बदल्नुभएको छ । निर्वाचनमा संयुक्त रूपमा होमिएको नेपाली कांग्रेससँग किन असमझदारी भयो र अहिले फेरि किन एमाले छाडेर कांग्रेससँग समीकरण गर्नु परेको हो भन्नेमा ठोस, स्पष्ट र चित्त बुझ्दो भनाइ पाइँदैन । अहिलेको संसदीय निर्वाचन प्रणालीमा एउटै दलले बहुमत ल्याउन निकै कठिन भएकाले सरकार चलाउन दलहरूबीच समझदारी र साझेदारी हुनु आवश्यक देखिन्छ । तर, समझदारीका विन्दुहरू के के हुन् भन्ने कुराको निक्र्योल नभई पहिला सत्तारोहण हुन्छ अनि मात्रै अन्य कुराबारे बहस शुरू हुन्छ । दलहरूले गरेको गल्ती नै यही हो । सरकारमा सामेल हुनुअघि कमसे कम साझा एजेन्डा, संयुक्त कार्यक्रम र लक्ष्य निर्धारण हुनुपर्छ । त्यसो हुँदा साझेदारी टिक्ने आधार तय हुन्छ र साझेदारी टुटेमा पनि के कुरा मिलेन भनेर भन्न सकिने अवस्था हुन्छ । तर, अमूर्त विषय र पदको मोलमोलाइमा हुने सत्ता साझेदारी कुनै पनि बेला फेरिन सक्छ जुन अहिले भइरहेको छ । यसो हुँदा राजनीति भनेको फोहोरी खेल हो र सत्ताका लागि नेताहरू जे पनि गर्न तयार हुन्छन् भन्ने सोच नागरिकमा पलाउन थालिसकेको छ । यसले राजनीतिप्रति चरम वितृष्णा पैदा गर्छ र लोकतन्त्र नै खतरामा पर्न सक्छ । यही वितृष्णाका कारण अहिले गैरराजनीतिक व्यक्तिका अराजक गतिविधिप्रति जनताको आकर्षण बढ्दै गएको देखिन्छ जुन लोकतन्त्रका लागि निकै घातक सिद्ध हुनेछ । राजनीतिक दलप्रति वितृष्णा बढेकाले गएको निर्वाचनमा मतदाताको सहभागिता कम भएको हो । अहिले माओवादीले नेपाली कांग्रेसलगायत दलसँग सत्ता साझेदारी गरेको छ । साझेदारी गरिएका दलहरूबीच आपसी सिद्धान्त, आदर्श र अर्थनीति मिल्दैन । यस्तोमा सत्ता साझेदारी गर्नुअघि नै संयुक्त कार्यक्रम र नीति सार्वजनिक गरेको भए केही मात्रामा भए पनि राजनीतिक इमानदारी देखिन्थ्यो तर त्यसो हुन सकेन । यसले गर्दा विवाद समाधान नभई लम्ब्याउने काम गर्छ । सत्ताको बागडोर सम्हालेका दलहरूबीच नै विवाद बल्झिँदा अर्थतन्त्र सुधारमा ध्यान जान सक्दैन । जबकि अहिलेको समय सबैले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने हो ।

सुदूरपश्चिममा एमाले, माओवादी र उन्मुक्ति कसको नेतृत्वमा बन्ला सरकार ?

धनगढी । केन्द्रमा नेपाली कांग्रेस नेतृत्वको सहयात्रा र गठबन्धन टुटेसँगै सुदूरपश्चिममा पनि नयाँ राजनीति समीकरण बनेको छ । सुदूरपश्चिम प्रदेश प्रदेशमा पनि एमाले र माओवादी नेतृत्वको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित जस्तै भएको छ भने प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुग्ने देखिएको छ । सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ […] The post सुदूरपश्चिममा एमाले, माओवादी र उन्मुक्ति कसको नेतृत्वमा बन्ला सरकार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवा–प्रचण्ड सुझबुझपूर्ण तवरले अघि बढे एमाले धेरै तल झर्छ : शर्मा

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले आगामी निर्वाचनपछि पनि अहिलेको गठबन्धन रहने बताएका छन् ।उनले भने,‘यो गठबन्धन निर्वाचनपछि पनि जान्छ । संविधान र लोकतन्त्रको रक्षाको लागि, सडकमा जाने सन्दर्भमा यो गठबन्धन जुटेको हो । संविधान र राष्ट्रको हितलाई केन्द्रमा राखेर गठबन्धन बनेको हो । गठबन्धन सरकार बन्नु आवश्यकता थियो । नेकपा विभाजन भयो, यो वामपन्थीहरूको लागि दुःखको विषय हो । ओलीले निषेधको राजनीति गर्नुभयो । उहाँले चालेका कदमका कारण राजनीतिक अस्थिरताको स्थिति सिर्जना भयो ।&

विपक्षी गठबन्धनबीच तल्लो तहसम्मै सहकार्य गरेर अघि बढ्ने सहमति

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धन थप एकजुट बनेको छ । आइतबार बानेश्वरमा भएको विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच बैठकमा केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा एकजुट भएर ओलीको कदमविरुद्ध लागिपर्ने निर्णय भएको काँग्रेस नेता गगन कुमार थापाले रातोपाटीलाई जानकारी दिए । ‘केन्द्रमा ५ वटा शक्तिबीच जसरी मोर्चाबन्दी भएको छ , त्यसैगरी मातहतका कमिटीमा पनि यी ५ वटै शक्तिबीच मोर्चाबन्दी गरेर सरकारका विरुद्ध राजनीति र न्यायिक लडाइ लड्ने सहमति भएको छ’

सत्ता गठबन्धन : अवाञ्छित समीकरण बन्ने सम्भावना

रामप्रकाश पुरी संसद पुनस्र्थापना भएपछि नयाँ ढङ्गले अगाडि आएको राजनीतिक परिस्थितिले निश्चित दिशा नलिँदै एमाले र माओवादी केन्द्रको पूर्व अस्तित्व व्युँतिने अवस्था आएको थियो । त्यसपछि सरकारको स्वरुप कस्तो बन्दछ भन्ने कुरा नेपाली राजनीतिको मुख्य विषय बनेको छ । हाम्रो चासो कसले सरकार बनाउँछ भन्दा पनि कस्तो सरकार बन्नुपर्दछ भन्नेतिर नै छ । देश र जनताको हितको विषयलाई केन्द्रमा राखेर तात्कालिक अवस्थामा बन्ने सरकारको विषयमा छलफल हुनु आवश्यक छ । देशमा तात्कालिक अवस्थामा कुनै क्रान्तिकारी सरकार बन्ने अवस्था रहेको छैन । यसको अर्थ हो, वर्तमान राजनीतिक सङ्कटको हल पुनस्र्थापित संसदबाट नै गर्नु । सर्वोच्च अदालतका दुइटा निर्णयले देशको राजनीतिमा नयाँ स्थिति अगाडि आएको छ । पहिलो संसद पुनस्र्थापना भइसकेपछि ओली र उनको सरकारबारे पैदा भएको अविश्वासको स्थिति, दोश्रो, एमाले र माओवादी केन्द्रको उनीहरूको एकता हुनु भन्दा अगाडिको पूर्वअस्तित्व कायम भएपछि विकसित राजनीतिक परिस्थिति । अहिले कुनै पनि दलसँग संसदमा सरकार गठनका लागि आवश्यक बहुमत बाँकी रहेको छैन । त्यस प्रकारको अवस्थामा सत्ता समीकरणका बिभिन्न गठबन्धन बन्ने सम्भावना प्रवल रहेको छ । गठवन्धनको चित्र स्पष्ट भइनसकेकोले कुन गठवन्धनले सरकार निर्माण गर्ने छ ? अहिले नै भन्न गाह्रो छ । त्यो जे भएपनि नयाँ सरकार पुनस्र्थापित संसदमा रहेका राजनीतिक सङ्गठनका बिभिन्न समीकरणका आधारमा नै हुने देखिन्छ । त्यसरी बन्ने सरकार ओलीले राजीनामा दिएर अरू कसैको नेतृत्वमा सरकार बन्ने छ वा संसदमा आफूप्रतिको विश्वासको पुष्टि गरेर ओलीले नै आफ्ना सरकारको निरन्तरता दिने छन् ? त्यस विषयमा पनि भर्खरै केही भन्न सकिने अवस्था छैन । देशका विभिन्न राजनीतिक सङ्गठनले अगाडि बढाएको माग र उद्देश्यको विश्लेषणको आधारमा गठवन्धन वा समीकरणका आधारमा अब बन्ने नयाँ सरकारको चरित्रबारे विचार गर्न सकिन्छ । त्यस प्रकारले विचार गरेमा कुन–कुन पक्षबीचको समीकरणबाट देशको राजनीति, जनआन्दोलनका उपलब्धि आदिमा के–कस्तो प्रभाव र असर पर्दछ भन्ने बारे स्पष्ट हुन सकिन्छ । यस सन्दर्भमा २०७७ फागुन २८ गते नयाँ पत्रिकामा प्रकाशित मोहनविक्रम सिंहको लेखको यो अंशले विभिन्न ...