उदयपुर- यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर जनताको घरदैलोमा भोट माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवारसँग यहाँका ग्रामीण भेगका अधिकांश जनताले ग्रामीण सडक व्यवस्थापन र टोलटोल तथा घरघरमा बिजुली व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।
...