काठमाडौं : निजी विद्यालयहरूले नियमविपरीत विद्यालयमै अभिभावकहरूलाई पाठ्यपुस्तक र पोसाक किन्न बाध्य पारेका छन्।त्यसरी खरिद गर्न बाध्य पारिएको गुनासो काठमाडौं महानगरपालिकामै आएपछि महानगरपालिकाले नियमविपरीत खरिद गर्न नलगाउन सबै निजी विद्यालयलाई चैत १७ परिपत्र जारी गरी निर्देशन दिएको छ।संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) मा विद्यालयहरू आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाइने व्यवस्था छ। त्यस्तै, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब