काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्रका विद्यालयलाई चाडपर्वका नाममा विद्यार्थीलाई नियमित पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ । शुक्रबार नगरभित्रका विद्यालयका नाममा सूचना निकालेर महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाएको पाइएमा त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न […]