पश्चिमी वायु सक्रिय : सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डाै - आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु सक्रिय भएकाले त्यस क्षेत्रको मौसम हिजोदेखि नै आंशिकदेखि सामान्य बदली भएको छ। आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आज आंशिक बदली हुने अनुमान छ । अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । बिस्तारै हुस्सु कुहिरो हटेर&...

सम्बन्धित सामग्री

यी प्रदेशमा आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना

महाशाखाले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२५ वैशाख, काठमाडौं । आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । वर्षाबाट डढेलो नियन्त्रण हुनाका साथै वायु प्रदूषण र गर्मीसमेत कम हुने छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय …

सातवटै प्रदेशमा मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षा हुने भएको हो ।  आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  अन्य...

मौसम अपडेट  : विभिन्न भागमा हल्का वर्षा तथा हिमपात

कात्तिक १, काठमाडौंं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा भएको छ। बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ। सोमवार बिहानदेखि देशको अधिकांश भू- भागमा सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। सोमवार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केहि स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।शनिवार रातिदेखि नै मौसममा बदली आएको थियो। अझ वर्षा भएपछि त देशको पश्चिमी भागका कृषकले पाकेको धानवाली काट्नसमेत पाएका छैनन् । काटेको धान पनि खेतमै पानीले भिजेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले बताएको छ ।

देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना

काठमाडौं।आज देशभर मौसम सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१ देखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुनी वायुको तथा बाँकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण केही स्थानमा वर्षा भईरहेको छ। दिउँसो देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–२, गण्डकी र लुम्बिनीका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

देशका धेरै स्थानमा वर्षाको सम्भावना, सर्तक रहन आग्रह

हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभाग सम्म मनसुनी वायुको प्रभाव रहनुका साथै बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   जसको कारण हाल  देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको अवस्था छ । महाशाखाले आइतबार दिनभर भने देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान गर्दै धेरै  स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जन...

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश : १/२ दिनमै देशैभरि फैलिने सम्भावना

जेठ २८, काठमाडौं । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रवारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानंगका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।  महाशाखाले शुक्रवार विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ ।  दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससिओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानांगले बताए । आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।  प्रदेश नं २, वाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । रासस

देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना

शुक्रबार देशभर  सामान्यदेखि पूर्ण बदली रहनुका साथै धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले प्रदेश १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ । यस्तै राति पनि मौसम दिउँसोको जस्तै हुने बताइएको छ । हाल देशको पूर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

देशभर मौसम सामान्य बदली भइ वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको मौसम सामान्य बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ । देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली भएर देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं : देशभरको मौसम  सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  अहिले  देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा...