शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले प्रदेश १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
यस्तै राति पनि मौसम दिउँसोको जस्तै हुने बताइएको छ । हाल देशको पूर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।