नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश : १/२ दिनमै देशैभरि फैलिने सम्भावना

जेठ २८, काठमाडौं । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रवारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानंगका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।  महाशाखाले शुक्रवार विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ ।  दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससिओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेको छ । हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानांगले बताए । आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।  प्रदेश नं २, वाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । रासस  

सम्बन्धित सामग्री

तीन प्रदेशमा फैलियो मनसुन, केही दिनमा देशभर सक्रिय हुने

२९ जेठ, काठमाडौं । शुक्रबार नेपालको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन केही दिनमा देशभर फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका प्रवक्ता सुमनकुमार रेग्मीले शनिबार प्रेस …

दुई दिनमै देशभर मनसुन फैलिने

यस वर्षको मनसुनी चक्र शुक्रबारबाट नेपाल प्रवेश भएसँगै दुईदिन भित्रैै देशभर फैलिने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । विभागका प्रवक्ता सुमनकुमार रेग्मीले विज्ञप्ती जारी गर्दै यसवर्ष सरदरभन्दा बढी वर्षा हुने भएकाले साना तथा सहायक नदीहरुमा आकस्मिक बाढीको सम्भावना बढी भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ । अघिल्लो वर्ष जेठ ३० गते भिति्रएको मनसुनी चक्र यसवर्ष भने दुई दिन चाँडो र औसत समयअनुसार दुई दिन ढिलो गरी पुर्वनेपालबाट भिति्रएको छ । २०७७ असोज ३० गते वाहिरिएको मनसुनी चक्र करिव आठ महिनाको अन्तरमा मनसुन भिति्रएको विभागले जनाएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा भिति्रने र सेक्टेम्वर २३ मा वाहिरीने औसत समय मानिन्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दकि्षण एसियाली मनसुनको अवधि मानिन्छ । प्रदेश १, २ र वागमती प्रदेशबाट भिति्रएको मनसुन सकि्रय हुँदा हाल लुमि्वनी र गण्डकी प्र्रदेशसम्म फैलिएको छ । मनसुन भिति्रएको दुईदिनभित्रै सुदुरपशि्चम नेपालसम्म फैलिने सम्भावना रहेको जनाएको हो ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश

काठमाडौं। बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं२ र बागमती प्रदेशमा मनसुन आगमन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार एक दुई दिनमै मनसुन देशैभर फैलिने सम्भावना छ। आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा,केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश

बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ ।आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।महाशाखाले मन

आजदेखि नेपालमा मनसुन प्रवेश, यो वर्ष दुई दिन छिटो आयो मनसुन :: Pahilopost.com

काठमाडौँ : नेपालमा शुक्रबारदेखि मनसुनपूर्वी भेगबाट प्रवेश गरी क्रमश पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही दिन भित्रै नेपालभर मनसनु फैलिने अनुमान गरिएको छ। नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ। यस आधारमा यस वर्षको मनसुन २ दिन अघि शुरू भएको महाशाखाले

भित्रियो मनसुन, केही दिनमा देशभर फैलिने

काठमाडौं – यो वर्षको मनसुन शुक्रबार पूर्वी भागबाट नेपाल प्रवेश गरेको छ । पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर सक्रिय हुन भने अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया जेठको अन्तिम साता अर्थात् जुन १० मा मनसुन भित्रिने गर्दछ । यो वर्ष सामान्यतया दुई दिन अघि नै मनसुन ने...