उद्योग खोल्नका लागि सिमरा सेजका ६८ प्लट तयार

काठमाडौं । नेपालको दोस्रो विशेष आर्थिक क्षेत्र (सेज) सिमरामा उद्योग व्यवसाय सञ्चालन गर्न ६८ ओटा प्लट तयार भएका छन् । रू. ३ अर्ब लगानी भइसकेको बारास्थित उक्त सेज सञ्चालनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योगीलाई प्रस्ताव पेश गर्न आह्वान गर्ने तयारी गरेको छ । विशेषगरी गार्मेन्ट उत्पादनलाई लक्षित गरेर बनाउने घोषणा गरिएको सिमरा सेजमा सबैखाले उद्योगहरू खोल्न पाइने गरी प्राधिकरणले अबको १ महीनाभित्रमा उद्योगीहरूलाई व्यवसाय सञ्चालन गर्न आ⋲वान गर्दै छ । नेपालको पहिलो सेज भैरहवा पूर्ण सञ्चालनमा आइनसकेका बेला प्राधिकरणले सिमरा सेज सञ्चालनको तयारी गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सिमरा सेजमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । सेजसँग जोडिएका अन्य पूर्वाधारहरू ढल निकास, पानी, सडक निर्माण सम्पन्न भइसकेको छ, आन्तरिक विद्युतीकरणका लागि आवश्यक काम भइरहेको छ । सेजका लागि तत्काल १५ मेगावाट विद्युत् आवश्यक पर्ने उनको भनाइ छ । सिमरा सेजमा सर्भिस, प्रशासनिक भवनहरू पनि बनिसकेका छन् । भैरहवा सेजमा उद्योगी नआएको अवस्थामा सिमरा सेज पूर्णरूपमा सञ्चालन हुनेमा आशंका देखिएका बेला उनले भने, ‘भैरहवा सेज जस्तै नहोस् भनेर ऐन संशोधन गर्दै छौं, लगानीमैत्री बनाउनुपर्छ भनेर निर्यात प्रतिशतको सिलिङमा हेरफेर, भाडाको दरमा पुनरवलोकनजस्ता विषय छलफलमा छन् ।’ सिमरा सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव गर्ने उद्योगी तथा व्यवसायीहरूसँग प्राधिकरणले शुरूमै प्रोजेक्ट वर्क पनि माग गर्ने तयारी गरेको छ । ‘सेजमा उद्योगीहरूको जग्गा हुँदैन, त्यसैले प्रोजेक्टका लागि प्रोजेक्ट लोन (परियोजना ऋण) दिलाउने व्यवस्थामा छलफल गर्दै छौं,’ भट्टले भने, ‘सेज नै ग्यारेन्टी बसिदिन्छ, ।’ यो व्यवस्थाले सेजमा उद्योग सञ्चालन गरेका उद्योगीहरूले ऋण तिर्न नसकी डिफल्टर भएमा बैंकले नै उद्योगको सम्पत्ति टेकओभर गर्ने र उद्योग सञ्चालन गर्न इच्छुक अर्को उद्योगी तथा व्यवसायीलाई आह्वान गर्न सक्नेछ । यसले उद्योगीले उद्योग सञ्चालन गर्न नसकेमा सेजमा उद्योग नै बन्द हुनेभन्दा पनि अर्को उद्योगीले त्यहाँ प्रवेश पाउने वातावरण बन्ने र सेजमा उद्योगको सञ्चालन भइरहने अवस्था हुनेछ । सिमरा सेजमा पाँचओटा ब्लक भए पनि अहिले ब्लक ए सञ्चालन गरिने र अन्य निजीक्षेत्रलाई सञ्चालन गर्न दिने नीति ल्याउने उनको भनाइ छ । ब्लक ‘ए’सहित सिमरा सेज ८१४ विगामा पैmलिएको छ । सरकारले निर्यात प्रवद्र्धन र व्यापारघाटा कम गराउनुका साथै देशमै रोजगारी सृजना गर्न सातओटै प्रदेशसहित मुलुकभर १४ ओटा सेज घोषणा गरेको छ । हालसम्म जम्मा भैरहवा सेज सञ्चालनमा आएको छ भने सिमरा आउने क्रममा छ । भैरहवा सेजमा जग्गाबाहेक रू. ८० करोड लगानी भइसकेको छ भने हाल उक्त सेजमा जम्मा ६ ओटा प्लटमा उद्योग सञ्चालन छन् ।

सम्बन्धित सामग्री

सिमरा सेजमा १६ करोड लगानीको पहिलो उद्योग

शिलान्यास भएको साढे ५ वर्षपछि सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना भएको छ । गएको शनिबार लक्ष्मी ग्रेनाइट उद्योग स्थापना भई सञ्चालनमा आएपछि सिमरा सेजले औपचारिकता पाएको छ । ०७४ चैत १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिमरा सेज शिलान्यास गरेका थिए । तर बजेटको सुनिश्चतता नहुँदा सेजले प्राथमिकता पाएको थिएन । सेजमा उद्योग आइसके पनि यसको औपचारिक उद्घाटन भने बाँकी छ ।

सिमरा सेजमा १६ करोड लगानीको पहिलो उद्योग

शिलान्यास भएको साढे ५ वर्षपछि सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना भएको छ । गएको शनिबार लक्ष्मी ग्रेनाइट उद्योग स्थापना भई सञ्चालनमा आएपछि सिमरा सेजले औपचारिकता पाएको छ । ०७४ चैत १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिमरा सेज शिलान्यास गरेका थिए । तर बजेटको सुनिश्चतता नहुँदा सेजले प्राथमिकता पाएको थिएन । सेजमा उद्योग आइसके पनि यसको औपचारिक उद्घाटन भने बाँकी छ ।

सिमरा सेजमा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा सेज (विशेष आर्थिक क्षेत्र)मा उपलब्ध हुने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । सिमरा सेजसँग सम्बन्धित विषयमा जनप्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक अगुवा एवं स्थानीयसँगको शनिबार सिमरामा भएको छलफलमा मन्त्री रिजालले सेजभित्र बारा, पर्सा जिल्लावासीलाई रोजगारीमा पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सेजभित्र कुनै प्रकारको विरोध तथा …

सिमरा सेजमा टायल्स उद्योगको शिलान्यास

१४ माघ, वीरगञ्ज । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा पहिलो उद्योग स्थापना हुने भएको छ । ३४३ बिघा क्षेत्रफल ओगटेको सिमरा सेजको ‘ए ब्लक’ मा टायल्स तथा मार्बल उद्योग स्थापना गर्न लागिएको हो । टायल्स फ्याक्ट्रीका लागि ८ वटा प्लट लिएको उद्योगी तुलसी गुप्ताले बताए । भारतीय कम्पनी अशोक, आकृति टायल्स तथा मार्बल […]

सिमरा सेजमा ३० निजी कम्पनीको ७ अर्ब लगानी

विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा ३० वटा निजी कम्पनीले ७ अर्वको लगानी गर्ने भएका छन् । ८३३ बिगाहा क्षेत्रफल रहेको सिमरा सेजको ‘ए ब्लक’ मा ३० वटा स्वदेशी निजी कम्पनीले ७ अर्बको लगानी गर्ने भएका हुन् ।सिमरा सेजका अनुसार ‘ए ब्लक’को ६० वटा प्लटमा ३० वटा उद्योग आएका छन् । उनीहरुले करिव ७ अर्ब २५ करोड लगानी गर्दछन् । त्यहाँ ४ हजार ४ सयले रोजगारी पाउने सेजका कार्यकारी प्रमुख डा.चण्डिका भट्टले बताए । उनले भने, ‘उनीहरुले यति लगानी गर्छौं, रोजगारी यति

भैरहवा र सिमरा सेजमा १७ अर्ब लगानी प्रतिबद्धता

भैरहवा र सिमराको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न १७ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता गरेका छन् । एक वर्षभित्र भैरहवा र सिमरा सेज पूर्ण रूपमा सञ्चालनमा आइसक्ने विशेष आर्थिक क्षेत्र...

५० प्रतिशत छुट दिँदा पनि सिमरा सेजमा उद्योग खोल्न न्यून प्रस्ताव

नेपालकै सबैभन्दा ठूलोे सिमरा सेज उद्योग स्थापनाका लागि तयार भएको छ । आठ सय ३२ बिघा क्षेत्रफलमध्ये ए ब्लकको तीन सय ४३ बिघा क्षेत्रफलमा ६८ वटा प्लट उद्योगका लागि तयार गरिएको...

शिलान्यास भएको ५ वर्षपछि सिमरा सेजमा उद्योगीको आवेदन

जग्गाको भाडादर ५० प्रतिशतले घटेपछि विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा उद्योगीहरुको आकर्षण बढेको छ । यसअघि २० रुपैयाँ प्रतिस्क्वायर मिटर मासिक भाडा दरलाई उद्योग मन्त्रालयले ५० प्रतिशतले घटाएर मासिक १० रुपैयाँ बनाएको छ । यस अतिरिक्त सरकारले चालु आर्थिक वर्षदेखि सेजमा उद्योग सञ्चालन गर्नेले तेस्रो वर्षदेखि मात्रै निर्यात गर्नुपर्ने व्यवस्था लागु गरेको छ । तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत र पाँचौ वर्षदेखि  कुल उत्पादनको ६० प्रतिशत उत्पादन  भारत र चीनसहित

सिमरा सेज : २ ब्लक निर्माणमा बहुराष्ट्रिय कम्पनी ल्याइने

काठमाडौं । बारास्थित सिमरा विशेष आर्थिक क्षेत्र (सेज)का दुईओटा ब्लकको पूर्वाधार निर्माणमा बहुराष्ट्रिय कम्पनी ल्याउने तयारी भएको छ । सिमरा सेजको बी र सी ब्लकको २ सय बिगाहा जग्गामा पूर्वाधार बनाउन विदेशी कम्पनी ल्याउने तयारी विशेष आर्थिक क्षेत्र प्राधिकरणले गरेको हो । उक्त सेजको ए ब्लक बनिसकेको छ । कुल पाँचओटा ब्लकमध्ये बी र सीमा आवश्यक पर्ने पूर्वाधार बनाउन चीन, भारतलगायत देशका बहुराष्ट्रिय कम्पनीलाई प्रस्ताव गर्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए । ८ सय १४ बिगाहामा फैलिएको यो सेजको पूर्वाधार निर्माणदेखि नै निजीक्षेत्रलाई प्रवेश गराउने योजनाअनुसार विदेशी कम्पनी, लगानीकर्ता र मार्केटिङको तयारी गरिएको उनले बताए । आइतवार प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)बीच सिमरा सेजका ती ब्लकमा पूर्वाधार निर्माण गर्न लगानी सहकार्य गर्ने समझदारी भएको छ । ती ब्लकको पूर्वाधार निर्माणदेखि नै त्यस्ता कम्पनी ल्याउन पहल गरिने समझदारी भएको भट्टले बताए । ‘सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअनुरूप सेजको पूर्वाधार निर्माणमै निजीक्षेत्र र बहुराष्ट्रिय कम्पनी ल्याउनेछौं,’ भट्टले भने, ‘त्यस्ता साझेदार ल्याउन निफ्राले काम गर्नेछ ।’ निफ्राले पनि सेजमा लगानी गर्नेछ । नयाँ लगानीकर्ता ल्याउन र सेजको उद्देश्यअनुसार निर्यातको वातावरण तयार गर्न पनि विदेशी कम्पनी ल्याउनु आवश्यक भएको उनले बताए । अहिलेसम्म सेजमा निर्माण हुने पूर्वाधारमा सरकारले मात्रै लगानी गर्दै आएको छ । यसअनुसार सिमरा सेजको ए ब्लकमा खानेपानी, बिजुली, प्रशासनिक भवन, ढल निकास, बाटो लगायत पूर्वाधार निर्माणमा सरकारले ३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । ‘यस्तै, पूर्वाधार निर्माणका लागि विदेशी कम्पनी ल्याउनेछौं, निफ्रासँग सिमरामा मात्रै लगानी गर्ने समझदारी भएको छ,’ भट्टले भने, ‘अन्य सेजका लागि विस्तारै कुरा हुनेछ ।’ सेजमा उद्योग खोल्न प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणले भाडादरदेखि निर्यात प्रतिशतमा लचिलो नीति ल्याएको छ । व्यापार प्रवर्द्धन तथा निर्यात नै मुख्य उद्देश्य राखेर खोलिएका सेजमा विदेशी लगानीकर्ता तथा कम्पनी आउँदा वस्तुको मार्केटिङदेखि बजारसम्मका लागि सहज हुने देखिन्छ । यसैगरी, निर्यातको प्रतिशत पनि संशोधन गरी उद्योग सञ्चालनको २ वर्षसम्म निर्यात गर्न नपर्ने र उक्त अवधिमा व्यवसायीले बजार खोज्न सक्ने व्यवस्था गरिँदै छ । यसअघि उद्योग स्थापनाको दोस्रो वर्ष नै ६० प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने प्रावधान थियो । उक्त व्यवस्था संशोधन गर्दै उद्योग स्थापनाको तेस्रो वर्ष २०, चौथोमा ४० र ५ वर्षमा ६० प्रतिशतसम्म उत्पादन निर्यात गर्नुपर्ने प्रावधान बनाउन लागिएको छ ।

सिमरा सेज तयार

बारा-उद्योगी–व्यवसायीहरूले विशेष आर्थिक क्षेत्र (सेज) को भाडादर बढी भएको भन्दै उद्योग स्थापना गर्न आनाकानी गरिरहेका बेला पुरानै भाडादर अनुसार उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान भएको छ । भैरहवा र सिमरा सेजका ११३ प्लटका लागि आह्वान भएको सूचनामा पुरानै भाडादरमा उद्योग स्थापनाका लागि प्रस्ताव पेश गर्न सूचित गरिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार सेजको […]