शिलान्यास भएको साढे ५ वर्षपछि सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना भएको छ । गएको शनिबार लक्ष्मी ग्रेनाइट उद्योग स्थापना भई सञ्चालनमा आएपछि सिमरा सेजले औपचारिकता पाएको छ । ०७४ चैत १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिमरा सेज शिलान्यास गरेका थिए । तर बजेटको सुनिश्चतता नहुँदा सेजले प्राथमिकता पाएको थिएन । सेजमा उद्योग आइसके पनि यसको औपचारिक उद्घाटन भने बाँकी छ ।