काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड -माधव नेपाल पक्षले गण्डकी प्रदेशका तीन जना पदाधिकारीको जिम्मेवारी खोसेको छ । सोमबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी समिति बैठकले गण्डकी प्रदेशका इन्चार्ज, सहइन्चार्ज र सचिवलाई जिम्मेवारीबाट हटाएको हो ।पार्टीमा विभाजन देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्ज खगराज अधिकारी र प्रदेश कमिटी सचिव गोविन्द नेपालीलाई प्रचण्ड- नेपाल पक्षले जिम्मेवारीबाट हटाएको छ ।उनीहरुलाई हटाएसँग