रात्रिकालीन सेवा भएको पोखरा विमानस्थलबाट दिउँसै पनि किन उडेनन् जहाज ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत ३ दिन उडान-अवतरण भएन । बिहीबार उडान भएको थियो । त्यसपछि शुक्रबार, शनिबार र आइतबार दिउँसोसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान हुन सकेन । उद्घाटन भएको करिब ३ महिना पुग्न लाग्दा पनि आन्तरिक उडानमै सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम बिग्रिएपछि ३ दिन आन्तरिक उडानसमेत हुन सकेन । विमानस्थल […]

सम्बन्धित सामग्री

पोखरामा चिनियाँ जहाज अवतरण

औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरेको छ। चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज बुधबार बिहान पोखरा अवतरण गरेको हो।...

पोखरा आइपुग्यो दुर्घटनाग्रस्त जहाज निर्माता फ्रान्सको विज्ञ टोली

पर्वत : गत आइतबार पोखरामा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा परेपछि त्यसको अनुसन्धानको लागि फ्रान्सेली विज्ञहरूको टोली घटनास्थलमा आइपुगेको छ।संसारमा नै सुरक्षित मानिने तथा नेपालको भौगोलिक र मौसमी परिवेशका लागि झनै राम्रो हुने दाबी गरिएको एटिआर जहाज नै दुर्घटनामा परेपछि यसको निर्माण गरेको फ्रान्सेली कम्पनीका विज्ञहरू पोखरास्थित जहाज खसेकै ठाउँमा पुगेको हो। मङ्गलबार काठमाडौँ आइपुगेको टोली बुधबार पोखरा आएर काम सुरु गरेको हो।टोलीले बुधबार नै  दुर्घटनास्थलको पहिलो अवलोकन गरिसकेको छ। विमान दु

मोटरभन्दा पहिले जहाज ओर्लिएको पोखरा

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा आइतबार पोखरेली मानवसागर उर्लियो। पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा सम्भवतः अहिलेसम्मकै धेरै पोखरेली एउटै थलोमा भेला भए। जग्गा अधिग्रहणको ४७ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको सपना पूरा हुँदै सञ्चालनमा आएको दिनलाई पोखरेलीले उत्सवको रुपमा मनाए। पोखरा महानगरपालिकाले त उत्सव मनाउनलाई सार्वजनिक बिदा नै दिएको थियो। पोखराको कला संस्कृति […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

७ पुस, पोखरा । व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण गरेको छ । पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको विमानस्थल कार्यालयले जनाएको छ । नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज उडाएर पुगेका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया […]

‘क्यालिब्रेसन फ्लाइट’का लागि पोखरा आइपुग्यो एरो थाइको जहाज

पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइको विशेष जहाज पोखरा आइपुगेको छ। शनिबार बिहान एरो थाइको जहाज पोखरा विमानस्थलमा आइपुगेको हो। एरो थाइको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट मंसिर ५ देखि १२ गतेसम्म गर्नेछ। बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट तय भएको […]

‘क्यालिब्रेसन फ्लाईट’ गर्ने जहाज पोखरा आइपुग्यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) गर्ने जहाज पोखरा आएको छ। शनिबार बिहान नेपालगञ्जबाट यो जहाज पोखरा आएको हो।...

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने

काठमाडौँ । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अहिले काठमाडौँलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको […]

पोखरा उडेको गुण एयरको जहाज प्राविधिक समस्याका कारण फर्कियो काठमाडौँ

काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौँ फर्किएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए । […]