औपचारिक रूपमा सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय गन्तव्यबाट आएको जहाज अवतरण गरेको छ। चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज बुधबार बिहान पोखरा अवतरण गरेको हो।...
गएको कात्तिक २२ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ जहाज आएका थिए । जहाज अवतरण भइसकेपछि पनि आधा घण्टासम्म इन्जिन बन्द गर्न मिलेन । रुकुमपश्चिमका भूकम्पपीडितलाई जहाजले ल्याएको राहत निकाल्ने ठुलो क्षमताको लिफ्टर विमानस्थलमा थिएन । पछि बाहिरबाट लिफ्टर मगाएर सामान झारियो ।
काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को बजार अंश पछिल्लो २ वर्ष लगातार घटेको देखिएको छ । सन् २०२० सम्मका ९ वर्षमध्ये ७ वर्ष बढेको नेपाल एयरलाइन्सको बजार अंश सन् २०२१ र २२ मा लगातार घटेको हो ।
सन् २०२० मा २५ प्रतिशत पुगेको नेपाल एयरलाइन्सको बजार अंश २०२१ मा २० प्रतिशत र २०२२ मा १६ दशमलव ५६ प्रतिशतमा ओर्लेको निगमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ । आन्तरिक र बाह्य दुवैतर्फ उडान सेवा दिँदै आएको निगमले आफूसँग भएका जहाजको सही व्यवस्थापन गर्न र उपयुक्त रणनीति बनाउन नसक्दा बजार अंश गुमाउँदै गएको हो । निगमभन्दा पछि सञ्चालनमा आएका निजीक्षेत्रका केही वायुसेवा प्रदायक कम्पनीको बजार अंश ५५ प्रतिशतभन्दा माथि पुगेको छ । बाँकी एयरलाइन्स कम्पनीहरूले पनि बजार अंश बढाउँदै आएका छन् ।
आन्तरिकतर्फ वर्षमा जम्मा १७ हजारलाई सेवा
उडानमा ढिलाइ गर्ने, इन्जिन बनाउनै महीनौं लगाउने र पटकपटक प्राविधिक समस्या आउँदा निगमले दिने सेवाको गुणस्तर अरुको तुलनामा कमजोर छ । जहाज संख्या कम र दिइरहेको सेवा पनि गुणस्तरीय नहुँदा बजार अंश गुमाउन पुगेको प्रतिवेदनमै उल्लेख छ । कुनै समय आन्तरिकतर्फका ३९ गन्तव्यमा उडान गरेको नेपाल एयरलाइन्सले अहिले जम्मा १९ गन्तव्यमा जहाज उडाउँछ । अन्तरराष्ट्रिय उडानका गन्तव्यहरू पनि घटेर अहिले ९ मा झरेको छ ।
सन् २०२० मा कोभिड–१९ का कारण अन्य जहाज सञ्चालन नहुँदा निगमको बजार अंश बढेको थियो । दशकौंदेखि सेवा दिँदै आएको नेपाल एयरलाइन्सले आन्तरिक तथा बाह्य दुवैतर्फको उडानमा सही रणनीति बनाएर लागू गर्न र सेवाग्राहीको बढ्दो संख्यालाई तान्न नसक्दा बजार अंश गुमाउँदै आएको हो । निगमको संरचनागत सुधारदेखि बजार विस्तार र रणनीति सम्बन्धमा पटकपटक सुझावसहितका प्रतिवेदन तयार भए पनि बजार अंश र आम्दानी बढ्नुको साटो घटेको छ ।
बारम्बार उडान रद्द गर्ने निगमले मौसम, प्राविधिक, इन्जिनीयरिङलगायत कारणले उडानमा ढिलाइ हुँदै आएको उल्लेख गरेको छ । निगमसँग हाल दुईओटा ट्वीनअटर जहाज छन् । त्यसबाट उसले आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ । चारओटा एयरबस जहाजबाट ७ देशका ९ गन्तव्यमा उडान गर्दै आएको छ ।
निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीले बजार विस्तार गरेपछि निगमले पनि गुमेको बजार अंश फर्काउन चिनियाँ जहाज अनुदान र ऋण सहयोगमा किनेको थियो । हाल ती जहाज ग्राउन्डेड भई विक्री पनि हुन नसकेको अवस्थामा छन् । निगमले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जहाजको उपयोग औसत दैनिक १३ दशमलव ६ घण्टा भएको देखिएको छ ।
सन् २०२२ मा नेपाल एयरलाइन्सले विभिन्न गन्तव्यमा ३ हजार ७६८ अन्तरराष्ट्रिय उडान/अवतरण गर्दा ६ लाख २९ हजार १४७ यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्ली, मलेशियाको क्वालालम्पुर, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई, हङकङ, थाइल्यान्डको बैंकक र मुम्बईमध्ये सबैभन्दा धेरै आम्दानी बैंकक उडानबाट गरेको छ ।
यीमध्ये कार्गाे सेवा दिँदा बैंकक सेक्टरबाट कम्पनीले सन् २०२२ मा ९८ प्रतिशत आम्दानी गरेको छ । बैंकक सेक्टरमा यात्रुबाट ३९ प्रतिशत आम्दानी गरेको छ । सबैभन्दा कम आम्दानी गर्ने सेक्टरमा दुबई रहेको छ । उक्त सेक्टरमा उडान सेवा दिँदा नेपाल एयरलाइन्सले यात्रु र कार्गाे दुवैबाट सन् २०२२ मा १२/१२ प्रतिशत आम्दानी गरेको छ ।
आन्तरिक उडानमा भने नेपाल एयरलाइन्सको सेवा अत्यन्त कमजोर देखिएको छ । गतवर्ष आन्तरिकतर्फ निगमले जम्मा १७ हजार २१४ यात्रुलाई सेवा दिएको छ । जहाज नै कम हुँदा र भएका जहाज पनि व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्दा सेवा लिनेको संख्या कम देखिएको हो । आन्तरिकतर्फ कमजोर उपस्थिति देखिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आन्तरिक उडानका लागि १० ओटा जहाज किन्ने घोषणा गरेका छन् ।
काठमाडौं, ०६ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनियाँ पाहुनाहरू नेपाल आउँदा भान्जा–भान्जी आएको जस्तो लाग्ने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘भृकुटी हाम्रो चेली भएको भएर होला चिनियाँ पाहुना नेपाल आउँदा भान्जा भान्जी आएको जस्तो लाग्छ।’ त्यसपछि उनले चिनियाँ यात्रीलाई सोधे,‘के तपाईंलाई मामाघर आएजस्तो लाग्दैन?’
काठमाडौं । चीनबाट कोभिड–१९ विरुद्धको १२ लाख डोज खोप बोकेर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । चीनको छेन्दुबाट भेरोसेल खोप लिएर आएको सीचुवान एयरलायन्सको जहाज आज बिहान ८ः३५ बजे विमानस्थलबाट फर्किएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक भोलाप्रसाद गुरागाइँका अनुसार न्यून भिजिविलिटीका कारण जहाज ल्याण्ड हुन नसकेका...
काठमाडौं । चीनबाट कोभिड–१९ विरुद्धको १२ लाख डोज खोप बोकेर आएको चिनियाँ जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ ।
चीनको छेन्दुबाट भेरोसेल खोप लिएर आएको सीचुवान एयरलायन्सको जहाज आज बिहान ८ः ३५ बजे विमानस्थलबाट फर्किएको हो । त्रिभुवन अन्तररतष्ट्रिय विमानस्थलका महाप्रवन्धक भोलाप्रसाद गुरागाइँका अनुसार खराब मौसमका कारण जहाज ल्याण्ड...
नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः दुईवटा यस्तै जहाज ल्याएको छ ।
चारवटा जहाजका लागि कम्तीमा ८ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसँग ४ वटा वाई–१२ ई जहाजका लागि ३ जनामात्र क्याप्टेन छन् ।