उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई राजनीतिक दलसम्बन्धी अध्यादेशको भयले सताइरहेको छ । वर्तमान सरकारले नेकपा एमाले र जसपा विभाजनका लागि सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दुवै दल विभाजन भइसकेका छन् । अध्यादेशअनुसार दल विभाजन गर्नका लागि पार्टीको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत सदस्यले सनाखत गराउनुपर्ने हुन्छ ।उक्त अध्यादेश अनुसार नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जसपा नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसके