बीस वर्षदेखि हराएका नारायण भारतमा भेटिए

परिवार र आफन्तले उनको मृत्यु भइसकेको अनुमान गरेपनि काज किरिया गर्न सकेका थिएनन्। भारतमा हराएको बीस वर्षपछि नारायण भेटिएपछि उनका परिवार र आफन्त अहिले चकित परेका छन्।...

सम्बन्धित सामग्री

सात बालबालिकाको भारतबाट उद्धार

नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले दार्चुलाको १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, …

नाबालकसहित चार जनालाई भारतबाट उद्धार

वीरगञ्ज, २४ मङ्सिर: जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो । दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी […]

दुई वर्षदेखि राजस्थानबाट हराएका देवराजको खोजी गरिदिन आग्रह

बेलबहादुर रजाली मगर, जयपुर (भारत) । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका नमाडी घर भएका ४० वर्षीया देवराज खड्का भारतजको राजस्थानस्थित जयपुरबाट दुई वर्षदेखि हराइरहेका छन् । खड्काको खोजीका लागि पहल गरिदिन परिवारजनले आग्रह गरेको छ । देवराजका दाजु रंगबहादुर खड़काले उनको खोजी कार्यमा पहल गरिदिन आग्रह गर्नु भएको छ । दाजु रंगबहादुरका अनुसार देवराज जयपुरको निर्माण नगर क्षेत्रमा काम गर्थे । पछिल्लो पटक दाजु रंगबहादुरले घरमा पूजा छ जाऊँ भन्दा उनी घर जान मानेका थिएनन् । पछि रंगबहादुर घर गएर फर्किँदा देवराज पुरानो ठाउँमा भेटिएनन् । उनीसँग मोबाइल पनि नभएको हुँदा सम्पर्क हुन सकेन । आफूले चिने जानेका, गाउँ आसपासका मानिसहरु भएको ठाउँमा खोज तलास गर्दा पनि उनी भेटिएका छैनन् । उनी अहिलेसम्म सम्पर्कविहीन छन । देवराजको घरमा ८० वर्षीया आमा, श्रीमती, १६ वर्षको छोरा तथा १२ र २३ वर्षका दुई छोरी छन् । लामो समयदेखि देवराज सम्पर्कविहीन हुँदा घरपरिवारमा चिन्ता छाएको छ । उनलाई देखे भेटेमा वा कुनै जानकारी भएमा भारतमा ९१–९९२९४६५०६१ वा ९१–९९२९१३०६४४ र नेपालमा ९७७–९८४०८९४५०४ मा सम्पर्क गरिदिन हुन आग्रह गरिएको छ ।

४० वर्षदेखि भारतीय जेलमा रहेका नेपाली रिहा

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारत कोलकाताको दमदम कारागारमा रहेका नेपाली नागरिक दीपक जैसी रिहा भएका छन् । तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको बीबीसीले जनाएको छ । विगत तीन दिनदेखि उनको मुद्दामा लगातार बहस भएको दीपकको पक्षबाट मुद्दाको बहस गरेका भारतका कानुन व्यवसायी हिरक सिन्हाले बताए । बुधवार बिहानको बहसमा अदालतले उनी पक्राउ परेको भारतको दार्जीलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले रिहा गर्न आदेश दिएको सिन्हाले बीबीसी न्यूज नेपालीलाई बताए । उनले भने, ‘बिहान आउने सोमवारसम्मका लागि सुनुवाइ स्थगित भएको थियो। तर दार्जीलिङबाट मुद्दाको पुरानो मिसिल झिकाएपछि र दीपकको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालतले रिहा गर्न आदेश दिएको हो ।’ रोहबरमा रिहा नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि, उनको र कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको रोहबरमा रिहा गर्न अदालतले आदेश दिएको छ । आवश्यक परेको खण्डमा अदालतमा उपस्थित गराउने सर्तमा दीपकलाई रिहा गर्न उच्च अदालतबाट आदेश भएको महावाणिज्य दूतावासले जनाएको छ। महावाणिज्य दूतका निजी सचिव सतीस थापाका अनुसार दीपकलाई जिम्मा लिनका लागि उनका काकाका छोरा भाइ प्रकाशचन्द्रलाई खबर गरिसकिएको छ। दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए। तोरीको पोको बेच्नका लागि भनेर इलामको मंगलबारे हिँडेका दीपक घर फर्केका थिएनन्। दीपकलाई सोही कारागारमा उनका परिवारका सदस्यले केही दिन अघि भेटेका थिए। उनका भाइ प्रकाशचन्द्रले फागुन १० गते उनलाई कारागार पुगेर भेट्दा ‘सुगाको ठुङ्ने चुच्चो फुस्केको जस्तो’ अवस्थामा आफ्नो दाजु देखेको बताए। उनको मानसिक अवस्था पनि त्यति राम्रो नभएको आफूले पाएको प्रकाशचन्द्रले बताएका थिए। दीपकको मुद्दाको पेशी ४० वर्षसम्म अदालतमा चढेको थिएन । बीबीसी नेपालीको रिपोर्ट : हराएको ४० बर्षपछि भारतको कोलकाताको जेलमा भेटिए दीपक जैसी तिम्सिना

भारतमा हराएका आफन्त खोज्दिने कोही छैन

बैतडी – कोरोना माहामारी सुरु भएपछि संसारलाई पिराेल्यो । संसारका विभिन्न कुनामा पुगेका परदेशीहरू वर्षौँपछि आफ्नो देश, घर परिवार खोज्दै आए । परदेशीहरू यसरी घर फर्कन थालेपछि माहामारीको डरैडरमा पनि बैतडीको डिलासैनी सिमारकी सरस्वती पालको मनमा आशाको मुना पलायो । ‘यो कोरोना माहामारीले १० वर्षदेखि भारतमा हराएका मेरा श्रीमानलाई पनि घर ल्याउँछ कि ?’ सरस्वतीले मनमनै आशाको घर बनाउनुभयो ।  उहाँको मनको घरमा छोरी र गाउँले ले पनि इँटा थ...

‘प्रविधिमैत्री’ बन्दै ट्राफिक प्रहरी

नौ वर्षदेखि बिग्रिएका ट्राफिक लाइट बल्न थाले, सिसिक्यामेरा फुटेज हेरेर हराएका सामान फिर्ता गर्दै काठमाडौं

टीकटकले भेटाइदियो ३ वर्षदेखि बेपत्ता श्रीमान :: Pahilopost.com

टीकटक अभिनय गर्दै रमाइला भिडियो सेयर गर्ने एप हो। अभिनयमा रुचि भएकामात्र हैनन् रमाइलो गर्नका लागि पनि कतिपयले भिडियो बनाउँछन्। चर्चित हुन्छन्। हालै भारतमा भने टीकटकको एक भिडियोबाट एक महिलाले तीन वर्षदेखि वेपत्ता श्रीमान फेला पारेका छन्।  तमुलनाडुस्थिर कृष्णगिरीमा बस्ने सुरेश साल २०१६ देखि घरबाट हराएका थिए। उनकी पत्नी

टीकटकले भेटाइदियो ३ वर्षदेखि बेपत्ता श्रीमान :: Pahilopost.com

टीकटक अभिनय गर्दै रमाइला भिडियो सेयर गर्ने एप हो। अभिनयमा रुचि भएकामात्र हैनन् रमाइलो गर्नका लागि पनि कतिपयले भिडियो बनाउँछन्। चर्चित हुन्छन्। हालै भारतमा भने टीकटकको एक भिडियोबाट एक महिलाले तीन वर्षदेखि वेपत्ता श्रीमान फेला पारेका छन्।  तमुलनाडुस्थिर कृष्णगिरीमा बस्ने सुरेश साल २०१६ देखि घरबाट हराएका थिए। उनकी पत्नी

साउदीमा हराएका राईलाई स्वदेश फर्काइयो

हतुवागढि गाउँपालिका–०५ होम्ताङ्गका एक व्यक्तिलाई साउदी अरब बाट उद्धार गरिएको छ। आठ वर्ष अघि वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका प्रदीप राई डेढ वर्षदेखि बेपत्ता भएका थिए।