दुई वर्षदेखि राजस्थानबाट हराएका देवराजको खोजी गरिदिन आग्रह

बेलबहादुर रजाली मगर, जयपुर (भारत) । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका नमाडी घर भएका ४० वर्षीया देवराज खड्का भारतजको राजस्थानस्थित जयपुरबाट दुई वर्षदेखि हराइरहेका छन् । खड्काको खोजीका लागि पहल गरिदिन परिवारजनले आग्रह गरेको छ । देवराजका दाजु रंगबहादुर खड़काले उनको खोजी कार्यमा पहल गरिदिन आग्रह गर्नु भएको छ । दाजु रंगबहादुरका अनुसार देवराज जयपुरको निर्माण नगर क्षेत्रमा काम गर्थे । पछिल्लो पटक दाजु रंगबहादुरले घरमा पूजा छ जाऊँ भन्दा उनी घर जान मानेका थिएनन् । पछि रंगबहादुर घर गएर फर्किँदा देवराज पुरानो ठाउँमा भेटिएनन् । उनीसँग मोबाइल पनि नभएको हुँदा सम्पर्क हुन सकेन । आफूले चिने जानेका, गाउँ आसपासका मानिसहरु भएको ठाउँमा खोज तलास गर्दा पनि उनी भेटिएका छैनन् । उनी अहिलेसम्म सम्पर्कविहीन छन । देवराजको घरमा ८० वर्षीया आमा, श्रीमती, १६ वर्षको छोरा तथा १२ र २३ वर्षका दुई छोरी छन् । लामो समयदेखि देवराज सम्पर्कविहीन हुँदा घरपरिवारमा चिन्ता छाएको छ । उनलाई देखे भेटेमा वा कुनै जानकारी भएमा भारतमा ९१–९९२९४६५०६१ वा ९१–९९२९१३०६४४ र नेपालमा ९७७–९८४०८९४५०४ मा सम्पर्क गरिदिन हुन आग्रह गरिएको छ ।

सम्बन्धित सामग्री

पुल अलपत्र पारी बेपत्ता ठेकेदार खोज्न सीडीओलाई मेयरको पत्र

कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पक्की पुल निर्माण अलपत्र पारेर गत ३ वर्षदेखि बेपत्ता ठेकेदारको  खोजी सुरु भएको छ । कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले गत आइतबार प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर कावासोती नगरपालिका वडा नम्बर ३, ४ र ५ जोडने पक्की पुलको ठेक्का लिएका ठेकेदार कमल भट्टको खोजी गरिदिन आग्रह गरेका हुन् ।

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ […]

पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्वन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका-१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी […] The post पोर्चुगलमा एक नेपाली बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन– वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल […]

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताए ।सो विषयमा होस

मलेसिया गएका सर्वजित सुनार १६ वर्षदेखि सम्पर्कविहीन

विसं २०६२ मा मलेसिया गएका पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । जिल्लाको साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएपछि सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा …

बासमती धानको पेटेन्ट राइट सुनिश्चित गर्न सरकारसित अप्फाको आग्रह

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले बासमती धानको पेटेन्ट राइट (प्रतिलिपि अधिकार) सुनिश्चित गर्न सरकारसित आग्रह गरेको छ । बासमती धानको पेटेन्ट राइटमाथि भारत र पाकिस्तानले समेत दावी गरिरहेका बेला सरकारसित यसबारे दबाबमूलक गतिविधि गर्न अप्फाले माग गरेको हो । अप्फाका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ पुस २४ गते जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो । वक्तव्यको पूर्ण पाठ यस्तो छ– “प्याटेन्ट राइटको प्रमाणीकरण ई.यू. ले गर्ने गरेको छ । बासमती चामलको पेटेन्ट राइटका लागि नेपाल, भारत र पाकिस्तानले ई.यू. मा दावी गरेका छन् । ई.यू. ले आफ्नो देशको पेटेन्ट राइटको प्रमाण खोजी दावी पेस गर्न सन् २०२१ को फेबु्रअरीसम्म म्याद रहने गरी सूचना जारी गरेको छ । लामो समयदेखि विकसित मुलुकले कृषि उत्पादनको ओरिजनको आधारमा पेटेन्ट राइटको अधिकार प्राप्त गर्ने आधार खडा गरेको थियो । सुरुदेखि नै कृषि वैज्ञानिक र सरोकारवालाहरूले नेपालका कृषि उत्पादनको पेटेन्ट राइट दावीका लागि पहल गर्न सरकारलाई घच्घच्याइरहेका थिए । तर केही वर्षपहिलेसम्मका सरकारले बेवास्ता गर्दै आएका थिए । केही वर्षदेखि यस विषयमा सरकारले सरोकार राख्न थालेकाले बासमती चामलमा दावी पेस गरेको छ । यसभन्दा पहिले नेपालले कैयौँ कृषिजन्य वस्तुको पेटेन्ट राइट गुमाइसकेको छ । कमसेकम अहिले बासमती धानको पेटेन्ट राइटको दावी गर्नु नेपाल सरकारको सकारात्मक र स्वागतयोग्य कुरा हो । पेटेन्ट राइट नभएपछि साम्राज्यवादी–पुँजीवादी मुलुकले कृषिक्षेत्रको उपजमाथि किसानहरूले आफ्नो अधिकार गुमाउँदै गइरहेका छन् । त्यो अधिकार बहुराष्ट्रिय कम्पनीले कब्जा जमाइसकेका बासमती धानका लागि नेपाल सरकारले बलियो प्रमाण पुर्याई त्यसका लागि दबाबमूलक गतिविधि गर्नुपर्दछ । कृषिजन्य वस्तुको पेटेन्ट राइटको अधिकारलाई सुनिश्चित गर्न सबै किसान सङ्घ–सङ्गठन, कृषि वैज्ञानिक र सरोकारवालाहरू एकजुट हुन अखिल नेपाल किसान महासङ्घ (अप्फा) आह्वान गर्दछ ।”

पहिले तीन चुनौती चिरौं

काठमाडौं : नेपालले ६ वर्षदेखि अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजनाका लागि सबै विकल्प खोजी गर्न सदस्य देशलाई आग्रह गरेको छ। सार्कमा नयाँ उत्साह उत्पन्‍न गर्न तथा गतिशील तुल्याउन १९ औँ शिखर सम्मेलन चाँडो आयोजना गर्नु अपरिहार्य भएको बताउँदै सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालल...

फरार ठेकेदार खोजिदिन आग्रह

पुल अलपत्र पारेर तीन वर्षदेखि बेपत्ता ठेकेदारको अहिले खोजी सुरु भएको छ । १० करोडको लागतमा निर्माण हुन लागेको नवलपरासीको कावासोती नगरपालिकाको केरुङ्गे खोलाको पक्की पुल निर्माण सम्पन्न नगरी ठेकेदार फरार भएका हुन् । नगरपालिकाको केरुङ्गे खोलाको पुलले वडा नं. ३, ४ र ५ जोड्ने गर्छ । कावासोती–४ का वडाध्यक्ष नारायण लोहनीले नगरपालिकाले ठेकेदारको खोजी गरिदिन प्रमुख जिल्ला अधिकारीलाई निवेदनसमेत दिएको बताउनुभयो ।