अस्ट्रेलियाले चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता रद्द गर्‍यो

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । बुधबार अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका ४ वटा सम्झौता रद्द गरेको घोषणा गरेका हुन् । त्यसमध्ये दुई वटा सम्झौता बेल्ट एन्ड रोड परियोजनासँग सम्बन्धित रहेका छन् ।

सम्बन्धित सामग्री

चीनद्वारा अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द

एजेन्सी। चीनले अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता अनिश्चितकालका लागि रद्द गरिदिएको छ। चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभको दुई सम्झौता अस्ट्रेलियाले रद्द गरेपछि आक्रोशित चीनले प्रतिक्रिया स्वरुप यो निर्णय गरेको हो। चीनले अस्ट्रेलियासँग कोइला, फलाम, गहुँलगायतका सामान आयातसमेत स्थगित गरिदिएको छ। अस्ट्रेलियाले शीतयुद्धकालीन मानसिकता राखेको र वैचारिक भेदभावमा उत्रिएको चीनको आरोप छ। चीनको अहिले भारत र अमेरिकासँग पनि व्यापारिक सम्बन्ध चिसिएको छ।

चीनद्वारा अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द

एजेन्सी। चीनले अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता अनिश्चितकालका लागि रद्द गरिदिएको छ। चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभको दुई सम्झौता अस्ट्रेलियाले रद्द गरेपछि आक्रोशित चीनले प्रतिक्रिया स्वरुप यो निर्णय गरेको हो। चीनले अस्ट्रेलियासँग कोइला, फलाम, गहुँलगायतका सामान आयातसमेत स्थगित गरिदिएको छ। अस्ट्रेलियाले शीतयुद्धकालीन मानसिकता राखेको र वैचारिक भेदभावमा उत्रिएको चीनको आरोप छ। चीनको अहिले भारत र अमेरिकासँग पनि व्यापारिक सम्बन्ध चिसिएको छ।

चीनले स्थगन गर्‍यो अस्ट्रेलियासँगको आर्थिक संवाद

वैशाख २३, पेचिङ । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीवार घोषणा गरेको छ । कोरोना भाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ ।            साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा गरिरहेको छ ।            बिहीवारको नयाँ घोषणाले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने सङ्केत गरेको छ । साङ्केतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एशिया–प्रशान्त क्षेत्र सम्बन्धी अस्ट्रेलियाली कूटनीतिका जानकार केटलिन बायर्नले बताए । उनका अनुसार दुबै मुलुक बीच सन् २०१७ यत कुनै छलफल नै भएको छैन ।            चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामानको आयात रोक्का गरेपछि दुबै देश बीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ । चीनले एकपछि अर्को दबाब दिए पनि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सरकार टसको मस भएको छैन ।            अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयकी निर्देशक बायर्नका अनुसार यो साँच्चिकै महत्वपूर्ण र साङ्केतिक कदम हो, तर सारभूत रुपमा हेर्दा यसको असर सीमित मात्र छ ।           चीन सरकारले अस्ट्रेलियामाथि शीतयुद्धकालीन मानसिकता र वैचारिक विभेदका कारण सम्बन्ध सामान्यीकरणलाई बेवास्ता गरिरहेको आरोप लगाएको छ ।            चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अस्ट्रेलिया रणनीतिक आर्थिक संवाद अन्तर्गत सबै क्रियाकलापहरु अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ ।            चीनले यस्तै संवादहरु अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकसँग गर्दै आएको छ जसमा व्यापार विवाद र अन्य आर्थिक मुद्दाहरुमाथि छलफल हुने गरेको छ ।    चीनको अस्ट्रेलिया, भारत र कतिपय अन्य छिमेकी मुलुकसँगको सम्बन्ध पछिल्ला केही वर्षदेखि समस्याग्रस्त बन्दै गएको छ । चीनले अस्ट्रेलिया र पश्चिमा प्रजातन्त्रवादी मुलुकहरुसँग पनि चीनले आफ्नो राजनीतिक प्रभाव देखाउन खोजेको छ ।            गत वर्ष चीनले अस्ट्रेलियाबाट हुने अधिकांश वस्तुको आयात रोक्ने घोषणा गरेको थियो । खासगरी कोरोना भाइरसको उत्पत्तिलाई लिएर चीनमाथि छानबिन गर्नुपर्ने अस्ट्रेलियाले माग गरेपछि विवाद चर्किएको हो ।            चिनियाँ मन्त्रीहरुले अस्ट्रेलियाली समकक्षीले गरेका फोनसमेत लिन अस्वीकार गरेका थिए । अस्ट्रेलियाली व्यापार मन्त्री डान टेहानले एक विज्ञप्ति नै प्रकाशन गरी चिनियाँ रबैयाप्रति निराशा व्यक्त गरेका छन्।   अस्ट्रेलियाली सामानको पहिलो बजार चीन हो, तर प्रतिबन्धहरुले खासै असर नपरेको दुबै देशको भनाइ छ । किनभने चीनका स्टिल मिलले अझै पनि अस्ट्रेलियाली फलाम आयात गरिरहेका छन् । अस्ट्रेलियाबाट निकासी हुने सबैभन्दा मूल्यवान धातु पनि फलाम नै हो ।            गत महीना, अस्ट्रेलिया सरकारले भिक्टोरिया राज्यले चीनको “बेल्ट एन्ड रोड (बीआरआई) सँग गरेको दुई ओटा सम्झौता रद्द गरिदिएको थियो ।            अस्ट्रेलियाली विदेश मन्त्रीले अस्ट्रेलियाको उक्त कदम कुनै एक राष्ट्रपति लक्षित नरहेको बताउनु भएको थियो, तर चीनले अस्ट्रेलियाको उक्त निर्णयको प्रतिकार गर्ने चेतावनी दिइसकेको छ ।रासस/ एपी

अस्ट्रेलियाले रद्द गर्‍यो चीनको 'बेल्ट एन्ड रोड' परियोजना सम्झौता

बीबीसी। अस्ट्रेलियाले चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोडमा गरेको दुई सम्झौता रद्द गरेको छ। बुधबार अस्ट्रेलियाका विदेशमन्त्री मेराइस पेनले चीनसँग गरिएका चार सम्झौता रद्द गर्ने योजना रहेपनि अहिले दुई वटामा केन्द्रित रहेको बताए।दुवै सम्झौता अस्ट्रेलियाको भिक्टोरिया प्रान्तले २०१८ र २०१९ मा गरेको थियो। अस्ट्रेलियाको संघीय सरकारलाई कुनै पनि प्रान्तले गरेको निर्णय उल्ट्याउने अधिकार डिसेम्बरमा दिइएको थियो।

अस्ट्रेलियाले ‘बेल्ट एन्ड रोड’ परियोजना रद्द गर्यो, चीनले दियो चेतावनी !

काठमाण्डाै - अस्ट्रेलियाले चीनसँग उसको महत्त्वाकाङ्क्षी परियोजना ‘बेल्ट एन्ड रोड’ सँग जोडिएको दुई वटा सम्झौता रद्द गरेको छ । बुधवार अस्ट्रेलियाकी विदेश मन्त्री मेराइस पेनले चीनसँग चार वटा सम्झौता रद्द गर्ने घोषणा गर्नुभएको थियो तर त्यसमा बेल्ट एन्ड रोड परियोजनाको दुई वटा सम्झौताको खास चर्चा छ । खास कुरा के छ भने, यो दुई सम्झौता अस्ट्रेलियाले नगरि उसको भिक्टोरिया प्रान्तले सन् २०१८ र २०१९ मा चीनसँग गरेको थियो । अस्ट्रेलियाको सङ्घीय सरकारलाई गएको डिसेम्बरमा कुनै प्रान्त या विश्वविद्यालयले गरेको निर्णय रद्द ग...