दुधकोशी जलविद्युत आयोजनाको लागि ओखलढुंगामा जग्गा प्राप्तिको काम सुरु

६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त दुधकोशी जलविद्युत आयोजनाको लागि आवश्यक पर्ने ओखलढुंगाको जग्गा प्राप्तिको लागि प्रक्रिया अगाडी बढेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जग्गा प्राप्तिको लागि १५ दिने सूचना निकालेको हो ।कार्यालयले प्राप्ति गर्न लागेको जग्गाको सुची सार्वजनिक गर्दै यदि कोहि जग्गाधनीलाई आफ्नो जग्गा प्राप्त नगर्नुपर्ने कुनै कारण भए कारण सहित बाटोको म्याद बाहेक १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ । कार्यालयले चिशंखुगढी गाउँपालिका वडा नम्बर १ (साविकको कुईभिर गाविस) का १ हजार १ सय ४९ कित्ता जग्गा, चिशंखु गाउँपालिका वडा नम्बर २ (साविकको पोखरे गाविस) का २५३ कित्ता जग्गा,  चिशंखु गाउँपालिका वडा नम्बर ३ (साविकको दियाले गाविस) का ६०० कित्ता जग्गा, चिशंखु गाउँपालिका वडा नम्बर ६  (साविकको भदौरे गाविस) का ३७१ कित्ता जग्गा,  र चिशंखु गाउँपालिका वडा नम्बर ७ (साविकको माम्खा गाविस) का ४८ कित्ता जग्गा अधिग्रहण गर्न लागेको हो  ।  जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सो समेतका दाबीका लागि जिल्ला प्रशासन कर्यालय मार्फत गृह मन्त्रालयमा उजुर गर्न सूचनामा आग्रह गरिएको छ  । सूचना प्रकाशित भएको मितिदेखि नै प्राप्ति गरिने जग्गाहरू रोक्का हुने हुँदा उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न नगराउनुहुन कार्यालयले आग्रह गरेको छ। उल्लेखित कित्ता नं. जग्गा कित्ताकाट भएको वा उक्त कित्ताको जग्गाधनीको नाम फरक पर्न गएमा  आफूसँग भएको जग्गाको प्रमाण पेस गरेको खण्डमा सोही बमोजिमको कित्ता जग्गा यकिन हुने सूचनामा उल्लेख छ। कैफियतमा स्रेस्ता कायम नभएका कित्ताका जग्गाधनीहरूले रीत पु¥याई आफ्नो नाममा स्रेस्ता कायम गरिने उल्लेख छ । तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने कार्यालयले जनाएको छ  । गत जेठ १५ मा सार्वजनिक गरिएको चालु आर्थिक वर्षको बजेट बक्तब्यमा ६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त दुधकोशी जलविद्युत आयोजना निर्माण शुरु गरिने उल्लेख छ। आयोजनाबाट खोटाङ,ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ। उक्त आयेजनाबाट वर्षा याममा २ अर्ब ८ करोड  तथा सुख्खा याममा १ अर्ब ३६ करोड युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजना निर्माण हुँदा एक हजार ५० घरपरिवारको खेतीयोग्य जमीन डुबानमा पर्नेछ । आयोजनाका लागि २२० मिटर अग्लो बाँध निर्माण गरी दूधकोशी नदीमा १७ किलोमिटर, रावाखोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशययुक्त ड्याम (बृहत् ताल) बनाइने डिपिआरमा उल्लेख छ ।१ अर्ब ५२ करोड अमेरिकी डलर (झण्डै १ अर्ब ६० अर्ब) लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दुधकोशी आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले ६० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । आयोजनाबाट तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आंकलन छ । यसमध्ये जिल्ला प्रशासन कार्यालय खोटाङले  जग्गा अधिग्रहण प्रक्रिया सुरु भइसकेको छ । 

सम्बन्धित सामग्री

सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी

काठमाडौँ– राजधानी काठमाडौँबाट नजिकै र सुगम गन्तव्यका रुपमा रहेको सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ ।  कूल छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युतको सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र कागजात तयारीको काम अगाडि बढेको हो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

भरतपुरमा एकीकृत सहरी पूर्वाधार अन्तर्गतका ११ आयोजनाको निर्माण कार्य सुरु

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत सञ्चालित ११ वटा आयोजनाको काम सुरु भएका हुन्।

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा

ताक्सुगाड जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । डिपिआरको रिपोर्ट कन्सलटेन्टले बुझाइसकेकाले अहिले अध्ययनको काम सुरु भएको नलगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुनील पौडेलेले जानकारी दिए ।नलगाड नगरपालिका–१० मा रहेको उक्त आयोजनाको डिपिआर सन् २०१६ देखि सुरु भएको थियो । डिपिआरको जिम्मेवारी डिजायड कन्सलटेन्ट काठमाडौंले दुई वर्षमा सक्ने सम्झौताअनुसार लिएको थियो । सात वर्षसम्म डिपिआरको काम सम्पन्न नगर्दा आयोजना नै अन्योलमा परेका बेला अब चार महिनाभित्र काम पूरा गर्ने भन्दै ड

सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने काम सुरु, २२ महिनामा खनिसक्ने लक्ष्य

सिन्धुली : सुनकोसी–मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी–मरिन डाइभर्सनको १३ दशमलव तीन किलोमिटर सुरुङ आउँदो २२ महिनामा खनिसक्ने लक्ष्य राखिएको छ । भौगर्भिकरूपमा कुनै समस्या नआए समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने आयाेजना प्रमुख बरालले बताउनुभयो । आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा दुई ...

ठेक्का सम्झौता भएको १५ दिनमै काम सुरु गर्नुपर्ने

प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्ने उद्देश्यका साथ सरकारले असोजभित्रै बोलकबोल गरेर ठेक्का सम्झौता भएको १५ दिनभित्रै काम सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ आर्थिक वर्षका लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै अर्थ मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक […]

मेलम्ची मुहानको ढुङ्गा फुटाउने काम सुरु

मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् ।आठ मिटरसम्म लम्बाई भएका ढुङ्गा एक्साभेटर ब्रेकरले फुटाउन नसकेपछि आयोजनाले मागेअनुसार सेनाको प्राविधिक टोलीले फुटाउन सुरु गरेको हो । सेनाले ठूला ठूला ढुङ्गामा 'ड्

मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु

तनहुँ, ९ पुस: व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानीमा मादीनदी लिफ्टिङ–खानेपानी आयोजनाको निर्माण सुरुआत भएको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अगाडि बढेको हो । कूल रु २६ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको पराजुली कन्स्ट्रक्सनले ठेक्काको जिम्मा पाएको छ । विसं २०८० भदौभित्र आयोजनाको सम्पन्न […]

सकिएन पम्पिङ खानेपानी आयोजनाको काम

सुक्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दालाई घरघरमा खानेपानी उपलब्ध गराउने गरी विसं २०७४ असार २१ गतेबाट बृहत दूधकोशी पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । विसं २०७६ पुस १७ गतेसम्ममा निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने गरी दिवा–महादेव खिम्ती निर्माण कम्पनीले जिम्मा लिएको उक्त आयोजनाको काम अझै सम्पन्न भएको छैन ।  दूधकोशी नदीको पानी पम्पिङमार्फत गाउँमा निकालेर घरघरमा वितरण गर्ने उद्देश्यले सुरु गरिएको आयोजनाको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको देखिएको छ । ह

क्षतिग्रस्त मेलम्ची आयोजनाः दुई महिनापछि मात्र काम सुरु हुने

काठमाडौं, साउन ८ । सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ। मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र […]

क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु हुने

सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ।मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ।मेलम्ची खानेपानी विकास समितिका कार्य