सकिएन पम्पिङ खानेपानी आयोजनाको काम

सुक्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दालाई घरघरमा खानेपानी उपलब्ध गराउने गरी विसं २०७४ असार २१ गतेबाट बृहत दूधकोशी पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । विसं २०७६ पुस १७ गतेसम्ममा निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने गरी दिवा–महादेव खिम्ती निर्माण कम्पनीले जिम्मा लिएको उक्त आयोजनाको काम अझै सम्पन्न भएको छैन ।  दूधकोशी नदीको पानी पम्पिङमार्फत गाउँमा निकालेर घरघरमा वितरण गर्ने उद्देश्यले सुरु गरिएको आयोजनाको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको देखिएको छ । ह

सम्बन्धित सामग्री

खानेपानी आयोजनाको काम रोक्न निर्देशन

खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा जथाभावी खनेर सडक भत्काइएको भन्दै आयोजनाको काम रोकिएको छ । मेची राजमार्गको नाली र नाली वरपर सडक खोतलेर खानेपानी पाइपलाइन विस्तार गरेपछि कन्याम पञ्चकन्या खानेपानी आयोजनाको काम रोकिएको हो ।डिभिजन सडक कार्यालय इलामले उक्त आयोजनाले जथाभावी सडक अवरोध गरेर पाइपलाइन विछ्याएकाले निर्माणको कार्य रोकिएको जनाएको छ ।डिभिजन सडक कार्यालयका इञ्जिनियर […]

मेलम्ची खानेपानी विकास समिति खारेज, आयोजना अब खानेपानी विभागले हेर्ने

१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ । योसँगै अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्ने भएको छ । अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आएको थियो । सरकारले आगामी आर्थिक वर्षको […]

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प

काठमाडौं : मेलम्ची खानेपानी आयोजना र संघीय सरकारले पटक-पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आयोजना प्रभावितहरु आन्दोलनमा उत्रेका छन् ।माग पूरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् । सरकारको बहुप्रतिक्षित आयोजना मेलम्ची खानेपानी आयोजनाले स्थानीय प्रभावितको माग सम्बोधन नगरेको भन्दै बाढी तथा आयोजना प्रभावितहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हन् ।माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने हेलम्बु बाढीपीडित सरोकार समन्व

साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम पुरा

इलाम । इलाममा एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम पुरा भएको छ । आगामी चैत महिनाभित्र उपभोक्ताका घर/घरमा पानी झार्ने गरि काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभएको छ । करिब चार हजार घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म २८ सय धारा जडान गरिसकिएको उपभोक्ता […]

मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु

तनहुँ, ९ पुस: व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानीमा मादीनदी लिफ्टिङ–खानेपानी आयोजनाको निर्माण सुरुआत भएको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अगाडि बढेको हो । कूल रु २६ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको पराजुली कन्स्ट्रक्सनले ठेक्काको जिम्मा पाएको छ । विसं २०८० भदौभित्र आयोजनाको सम्पन्न […]

पाथीभरामा लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्‍याउने काम अन्तिम चरणमा

सन्तोष पुर्कुटी ताप्लेजुङ । खानेपानीका लागि विभिन्न प्रयासहरु प्राय असफल हुँदै आएको ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा लिफ्टिङ प्रविधिको प्रयोग गरि खानेपानी पुर्‍याउने योजनाको काम करिब ८० प्रतिशत पुरा भएको छ । यस अघि खानेपानीका लागि खाल्डो खनेर हिउँ जम्मा गर्ने, पाईपबाट ल्याउने, कुहिरोबाट पानी झार्ने, आकासे पानी जम्मा गर्ने जस्ता योजना सफल […]

क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु हुने

सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ।मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ।मेलम्ची खानेपानी विकास समितिका कार्य

कमिशनको चक्करमा खानेपानी योजनाको काम गुणस्तरहीन

डोटी। शिखर नगरपालिका–४, ५ र ६ अन्तर्गत पर्ने तिजाली–मुडभरा–पच्नाली खानेपानी आयोजनाको काम गुणस्तरहीन भएको आरोप लागेको छ। खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई योजना बिक्री गरेर कमसल सामग्री प्रयोग गरी काम गराउँदा कम गुणस्तरको काम भएको तथ्य बाहिर आएको हो।ठेक्का पाएको निर्माण कम्पनीले दुई करोड ९१ लाख ४९ हजारमा ठेक्का सम्झौता गरेको थियो।

रोल्पाको खानेपानी आयोजना : म्याद सकियो, काम सकिएन

रोल्पा। एक वर्ष अगाडि नै सकिनुपर्ने रोल्पा नगरपालिकाको लिवाङ खानेपानी आयोजना अझै सकिएको छैन। एशियाली विकास बैंक, नगर विकास कोष र स्थानीय समुदायको साझेदारीमा निर्माण भइरहेको खानेपानी आयोजनाले एक हजार ६० घरघुरीका करिब ५ हजारलाई सेवा पुग्ने योजना बनाएको छ। कोभिड–१९ महामारीका कारण समयमा काम सम्पन्न नभएको रोल्पा शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यले बताए।

गण्डकी प्रदेश सरकारका १५ खानेपानी आयोजनाको काम पूरा

प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेंसीशहर नगरपालिका–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो ।  प्रदेश सरकारको चालू आव २०७७/७८ मा सञ्चालन भएका ५० योजनाका लागि ११ करोड ६० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका योजनाहरूमा २४ लाख रुपैयाँ लागतको दोर्दी गाउँपालिका–२ को ...