सिन्धुली : सुनकोसी–मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ खन्ने काम सुरु भएको छ । अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) बाट सुरुङ खन्ने काम सुरु भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी–मरिन डाइभर्सनको १३ दशमलव तीन किलोमिटर सुरुङ आउँदो २२ महिनामा खनिसक्ने लक्ष्य राखिएको छ । भौगर्भिकरूपमा कुनै समस्या नआए समय तालिकाभित्रै सुरुङ खन्ने काम सकिने आयाेजना प्रमुख बरालले बताउनुभयो । आयोजनाका लागि सरकारले चालु आर्थिक वर्षमा दुई ...