प्रधानमन्त्री केपी शर्मा ओलीको एकलकाँटे कार्यशैली र निर्णयका कारण नेकपा एमालेको ओली समूहमै चरम असन्तुष्टि र अन्तरविरोध बढ्न थालेको छ ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चलनका विषयमा आफूखुसी चल्न थालेपछि ओली समुहमा असन्तुष्टि पैदा भएको हो । यसले गर्दा ओली आफू भित्रैका नेताहरुबाट पनि क्रमशः एक्लिन पुगेका छन् ।खासगरी ओलीका एकलौटी निर्णय र गतिविधिले गर्दा यसअघि उनलाई जस्तोसुकै अवस्थामा पनि साथ दिने नेताहरु चिढिँदै जान थालेपछि उनी एक्लिन थालेको बालुवाटारभित्रै चर्चा छ ।ओली सम