दाङमा उद्योग दिवसका अवसरमा उद्यमीलाई आज सम्मान गरिएको छ । यससँगै दिवसको अवसरमा वृक्षारोपण पनि गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले शनिबार पुष्प व्यवसायीलाई सम्मानसँगै कार्यालयको प्राङ्गणमा विभिन्न फूल प्रजातिका बिरुवाहरू वृक्षारोपण गरेर उद्योग दिवस मनाएको हो ।