महिला हिंसाविरुद्ध आवाज

हाम्रो समाज महिलाप्रति कहिल्यै पनि सकारात्मक दृष्टिकोण राख्न जान्दैन । पुरातन सोचका कारण महिलालाई जहिले पनि दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने गर्नु विडम्बना नै हो । विभिन्न कारणले महिलामाथि हुने क्रुरतापूर्ण व्यवहार नै महिलाहिंसा भनिन्छ । पछिल्ला समयमा यो डरलाग्दो समस्या बनेर देखिएको छ । हाम्रो समाजको संरचना नै पितृसत्तात्मक भएकाले नै महिलप्रति गरिने व्यवहारमा […] The post महिला हिंसाविरुद्ध आवाज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग प्रदान

असोज ६, काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौ महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई रू. ४ लाख ९७ हजार २०० आर्थिक सहयोग मंगलवार प्रदान गरेको हो ।  उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्ने बताइएको छ ।  यसका साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवर्द्धन गरी महिला हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ ।  समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाविरुद्धमा आवाज उठाउनेलगायत महिलाको हक अधिकारका लागि कार्यहरु गर्दै आइरहेको संस्था जोन्ता क्लबलाई बैंकले पुयाएको यस सहयोगबाट महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

महिला हिंसाविरुद्ध ‘आवाज उठाउनुहोस्’

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान समापनमा जोन्ता क्लब काठमाडौंले आइतबार राजधानीमा छलफल कार्यक्रम आयोजना गरेको छ । ‘जोन्ताले भन्छ– महिलाविरुद्ध हिंसा नगरौं’ नारासहित आयोजित कार्यक्रमको नाम ‘आवाज उठाउनुहोस्’ राखिएको थियो ।