काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले ‘बुथ कब्जा’ भएको निष्कर्षसहित निर्वाचन रद्द गरेको दोलखाका १० मतदान केन्द्रमा आज पुन: मतदान हुँदै छ । आयोगले ‘बुथ कब्जा भएको’ भनिएका दोलखामा १० वटै मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने बताएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार १० वटै केन्द्रमा मतदानका सबै […]
सुर्खेत : सुर्खेत क्षेत्र १ को सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पसमा भोलि पुन: मतदान हुने भएको छ।मंसिर ४ गते विभिन्न विवादका कारण मतदान रोकिएको थियो।आज प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल लगायतको टोलीले आज मतदानस्थलको अनुगमनसमेत गरेको थियाे।
पोखरा : नवलपुरको देवचुली नगरपालिका-४ मा एक स्थानीयले मतपेटिकामा आगो लगाएपछि भोलि पुन: मतदान हुने भएको छ।
देवचुली ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा स्थानीय नारायण भण्डारीले मतपेटीकामा एसिड हाल्दा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगो लागेको थियो।
मतपेटिकामा आगो लागेपछि भोलि बिहान प्रदेश समानुपातिकतर्फ पुन: मतदान हुने भएको हो। नवलपरासी…
बाराको पचरौता नगरपालिकाका दुई वटा वडाका चार वटा मतदान केन्द्रमा बुधबार कडा सुरक्षाबीच पुन: मतदान हुने भएको छ । वैशाख ३० मा मतदान केन्द्र कब्जा गरेर मत खसाल्न थालेपछि एउटै नगरपालिकाका ती मतदान केन्द्रको मतदान रद्द गरिएको थियो । ती केन्द्रमा उम्मेदवारहरुले लाइनमा बसेका मतदाता, मतदान अधिकृतसहित मतदान गराउन खटिएका कर्मचारी, थोरै संख्यामा खटिएका सुरक्षाकर्मीहरुलाई धम्क्याएर मतपत्र खोस्दै एक छापे भोट खसाल्न थालेको पाइएपछि रद्द गरिएको थियो ।
व्यास नगरपालिका– ८ रिस्तीमा बुधबार पुन: मतदान हुँदैछ। भवन फेदी मतदान केन्द्र ‘क’ र ‘ख’ मा बुधबार मतदान गर्न लागिएको हो। मतदान बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत...
काठमाडौं : संयुक्त राष्ट्र संघमा रसियाविरुद्ध पुन: मतदान हुने भएको छ। राष्ट्र संघीइ मानवअधिकार परिषदको सदस्य रहेको रसियालाई पदबाट हटाउन राष्ट्र संघको महासभामा मतदान हुने भएको हो।
युक्रेन माथि रसियाली सेनाले आक्रमण गर्दा भएको 'मानव अधिकारको घोर र व्यवस्थित उल्लंघन र दुर्व्यवहार' रिपोर्टका आधारमा महासभामा मतदान हुन लागेको हो।
महासभामा दुई तिहाई…
चितवन । नेपाली काँग्रेस चितवनको सभापति लागि आज (शनिबार) दोस्रो चरणको मतदान हुने भएको छ । शुक्रबार भएको पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत प्राप्त हुन नसकेपछि आज (शनिबार) पुन: मतदान हुने भएको हो । प्रतिस्पर्धामा रहेका ५ जना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसारको ५१ प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन् । शुक्रबार सम्पन्न भएकाे […]
पोखरा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागलुङ जिल्ला सभापति पदमा उम्मेद्वारको बहुमत नपुग्दा पुन: मतदान हुने भएको छ। शनिबार भएको निर्वाचनमा सभापति पदका लागि तीन जना उम्मेद्वारमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन्।
तीन उम्मेद्वार मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि आज पुन मतदान हुँदैछ। शनिबार…