देवचुलीमा एसिड हालेर मतपेटिका जलाएपछि समानुपातिक तर्फ भोलि पुनः मतदान हुँदै

पोखरा : नवलपुरको देवचुली नगरपालिका-४ मा एक स्थानीयले मतपेटिकामा आगो लगाएपछि भोलि पुन: मतदान हुने भएको छ। देवचुली ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा स्थानीय नारायण भण्डारीले मतपेटीकामा एसिड हाल्दा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगो लागेको थियो। मतपेटिकामा आगो लागेपछि भोलि बिहान प्रदेश समानुपातिकतर्फ पुन: मतदान हुने भएको हो। नवलपरासी…