लण्डनका तीन स्थानमा खामभित्र विष्फोटक पदार्थ भेटियो
२२ फागुन, काठमाडौं । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् ।
हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ …
काठमाडौँमा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जनाएको हो ।त्यस्तै पटाका, झिरझिरे पड्काउने लगायतका आतिशबाजी नगर्न समेत प्रहरीले आग्रह गरेको छ। यदि त्यसो गरेमा मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।यस्ता छन् प्रहरी परिसर काठमाण्डौले गरेको १८ अनुरोध : १. सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाडपर्व: तिहार (दीपावली), छठ र नेपाल सम्वत ११४३ लाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खवर गरौं। २. आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवम् सभ्य तवरले २१:०० बजेसम्म मात्र देउसी भैलो खेलौ। ३. आफ्नो टोलमा तास, जुवा खेल्ने ब्यक्तिहरु बारे प्रहरीलाई समयमै खवर गरौं। ४. आतिशबाजी (पटाका, झिरझिरे पड्काउने) नगरौं। ( मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन सक्ने)। ५ मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔं। ६. नागबेली (Slalom, zigzag) तवरले कहिल्यै सवारी साधन नचलाऔं। ७. सार्वजनिक स्थानमा मद्यपान तथा धुम्रपान नगरौं अन्यलाई समेत निरुत्साहित गरौं। ८. नगद, वहुमूल्य सामान र गर गहनाहरु सकेसम्म लकर (Locker) मा राखौँ।। ९. विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने गरौं, नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाऔं । १०. लागु औषध, नशालु पदार्थ सेवन, ओसार पसार, सञ्चय तथा बेचबिखन गर्ने व्यक्ति बारे प्रहरीलाई खवर गरौं। ११. छतमा चढेर यात्रा नगरौं, सडकको दायाँ, बायाँ जथाभावी पार्किङ नगरौं, ट्राफिक नियमको सधैं पालना गरौं। १२. यात्रा गर्ने क्रममा कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔं। १३. नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोलौं। १४. आफ्नो घर, टोल, छिमेकमा आपतकालीन साइरन र सिसिटिभि क्यामेरा जडान गरौं । १५. धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खवर गरौं। १६ . लामो समयघर बाहिर जानु परेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराऔं। १७. तिहार र छठ पर्वको लागि गाऊँ जान लागेको' लगायत उल्लेख गरी सामाजीक सञ्जालमा पोष्ट नगरौं। १८. यहाँहरु मर्यादित एवम् सभ्य तवरले ढुक्क भई चाडपर्व मनाउनुहोस प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैछ नि!
३० वैशाख, काठमाडौं । ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा अधिकांश उम्मेदवारलाई लक्षित गरेर विष्फोटक पदार्थ राखिएका थिए । कतिपय स्थानमा तर्साउनलाई शंकास्पद वस्तु मात्रै राखिएका थिए भने केही स्थानमा विष्फोट पनि भए । तर पाँच वर्षपछि शुक्रबार नयाँ जनप्रतिनिधि चुन्न भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार लक्षित विष्फोटका कुनै घटना सार्वजनिक भएनन् । देशभर चार […]
ठीक ५ वर्षअघि यतिबेलाको समयमा राजनीतिक दलहरु स्थानीय तहको चुनावको उत्साहमा थिए । हरेक ५ वर्षको अन्तरालमा हुनुपर्ने स्थानीय तहको चुनाव २०५४ सालमा भएपछि लामो अन्तरालमा एकैचोटी २० वर्षपछि चुनाव हुँदै थियो । २०७४ सालमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु चुनाव सफल बनाउने अभियानमा लागिरहेका बेला विप्लव नेतृत्वको तत्कालीन माओवादी दल भने ब्यापक मात्रामा सुतली बम, प्रेसर कुकर बम लगायतका विष्फोटक पदार्थ निर्माणको तयारीमा थिए । उनीहरु जसरी हुन्छ, धेरै भन्दा धेरै स्थानमा चुनाव बिथोल्ने भरमग्दुर प्रयासमा
२२ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।
मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको …
७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ ।
निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र/उपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ थालेको छ ।
मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको छ …