७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ ।
निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र/उपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ थालेको छ ।
मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेव गरी पाँच स्थानमा शिविर खडा भइसकेको छ …