समयमा फूल नफूलेपछि व्यवसायी चिन्तित

म्याङ्लुङ– तिहारलाई फूलैफूलको पर्वका रुपमा लिइन्छ । तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता  चिन्तित छन् ।  समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ । तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छथर गाउँपालिका वडा नं ५ की सावित्रा पौडेलले गुनासो गरिन् ।  […]

सम्बन्धित सामग्री

पोखरामा मागभन्दा बढी सयपत्री, बिक्री नभएपछि व्यवसायी चिन्तित

पोखरा- तिहारका लागि आवश्यक सयपत्री फूल उत्पादनका लागि पोखरा महानगरपालिकाले यो वर्ष पाँच लाख रुपैयाँ लगानी गर्यो । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरले ५० प्रतिशत अनुदानमा कृषकलाई फूलका बिरुवा उपलब्ध गराएको थियो । जसमा १ सय ५४ कृषकलाई पाँच लाख बराबरको सयपत्री फूलको बिरुवा अनुद...

तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

काठमाडौं । फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रूपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् ।  फ्लोरिकल्चर एशोसियशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैधरूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा र काठमाडौं महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताए ।  आर्थिक मन्दीका कारण काठमाडौं उपत्यकाका सटर, पसलकवल उल्लेखनीय सङ्ख्यामा खाली भएको, सञ्चालनमा आएका पनि यसअघिका तिहारमा जस्तो झकीझकाउ नदेखिएको र संस्कृतिसँग जोडिएको फूल व्यवसायको कारोबार निश्चित ठाउँबाट मात्र गर्न पाउने स्थानीय सरकारको निणर्यका कारण फूल कृषक तथा व्यवसायी मारमा परेका फ्लोरिकल्चर एशोसियशनले स्पष्ट गरेको छ ।  यस वर्ष तिहारमा बढीमा पाँच लाख माला आयात भए पुग्ने भनी सम्बन्धित निकायको ध्यानाकर्षण गरेकामा त्योभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएकाले नेपालमा उत्पादित फूलले बजार नपाएको फ्लोरिकल्चर एशोसियशनले जनाएको छ । यसअघिका वर्षमा जस्तो काठमाडौंका प्रमुख चोक तथा मुख्य सडक आसपासमा फूलमाला किनबेच गर्न नपाउने कामपाको निर्णयका कारण पनि यस वर्षको तिहारमा फूल व्यवसायको कारोबार प्रभावित भएको व्यवसायीको गुनासो छ ।   भृकुटीमण्डपमा फूलमाला विक्री गरिरहेका धादिङको महादेवबेंसीका चन्द्रबहादुर थापा र काभ्रेपलाञ्चोकको पाँचखालकी पार्वती खरेलले वर्षौंदेखि तिहारमा फूल कारोबारमार्पmत परिवारको पालनपोषणका साथै तिहार खर्चको व्यवस्था गरिँदै आएकामा यस वर्ष फूलले उचित बजार नपाउँदा तिहार मान्ने अवस्था नरहेको बताए । गाउँबाट रू सात सयका दरले ल्याएको फूल यहाँ रू तीन सयमा पनि विक्री नभइदिँदा निरुत्साहित भएको उल्लेख गर्दै उनीहरूले फूल व्यवसायीले अघिल्ला वर्षमा जस्तै काठमाडौंका प्रमुख सडक चोकमा यमपञ्चकभर व्यवसाय गर्न पाउनुपर्ने माग गरे ।  काठमाडौं महानगरपालिकाले यस वर्ष फ्लोरिकल्चर एशोसियशनका प्रतिनिधि समेतको उपस्थितिमा भृकुटीमण्डप, बालाजु, कोटेश्वर–तीनकुने र हाँडीगाउँमा मात्रै फूल विक्री वितरण गर्न पाउने व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुरलगायत जिल्लाबाट काठमाडौं उपत्यकामा सयपत्री फूल विक्रीका लागि ल्याइएको छ । रासस

पुर्ख्यौली पेसा सङ्कटमा परेसँगै मादल व्यवसायी चिन्तित

नेपालीको दोस्रो ठुलो चाड तिहार आउन केही दिन मात्र बाँकी छ । देउसी–भैलो, फूल बत्ती र सेलरोटीको पहिचानसँग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परासँग जोडिएको तिहारमा अहिले मौलिकता हराउँदै गएको छ ।

सयपत्री र मखमली नफुल्दा प्लास्टिकका फूल किन्न बाध्य

म्याङ्लुङ – तिहारलाई फूलैफूलको पर्वका रुपमा लिइन्छ। तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता चिन्तित छन्। समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ। तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छथर गाउँपालिका वडा नं ५ की सावित्रा पौडेलले गुनासो गरिन्। हर्कमाया दाहाल पनि […]

निषेधाज्ञाको मारमा फूल व्यवसायी

दिनरातको परिश्रम । परिश्रम र लगानीअनुसारकै फूल फुलेको छ । जरबेरा, कारनेसन र सयपत्री फूलले टनेल ढकमक्क भरिएको छ । यही फूलबारीमा दिनरात पसिना बगाउने किसानको मन भने अहिले उदास छ । निधेषाज्ञाका कारण फूल बेच्न नपाएर बारीमै सुक्ने अवस्थामा पुगेपछि किसान चिन्तित भएका हुन् ।

अत्यधिक वर्षाले रुद्राक्षको फूल नष्ट, व्यवसायी चिन्तित

कोरोनाका कारण अस्तव्यस्त भएको रुद्राक्ष व्यवसाय अत्यधिक वर्षाको कारण थप धराशायी बनेको छ । अत्यधिक वर्षा भएपछि ढकमक्क फुलेको रुद्राक्षको फूल बोटमै कुहिएर नष्ट भएपछि व्यवसाय नै सङ्कटमा परेको हो । रुद्राक्षको फूल फुल्ने यो समयमा लगातार वर्षा भएपछि करिब ७५ प्रतिशत फूल बोटबाट झरिसकेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्र विसुङ्केको भनाइ छ । घामपानीको कारण अधिकांश रुद्राक्षको बोट फूलविहीन बनेको अध्यक्ष विसुङ्केले बताउनुभयो । ‘केही दिन पानी परेर एक दिन घाम लागेपछि पुरै फूल कुहिएर झर्छ’, अध्यक्ष विसुङ्केले भन्नुभयो । अझै घामपानी लगातार भइरहेकोले बाँकी रहेको करिब २५ प्रतिशत फूल पनि झर्ने खतरा रहेकोसमेत विसुङ्केको भनाइ छ । रुद्राक्षको फूल बोटमै कुहिएर झर्न थालेपछि करोडौँको लगानी गरेका व्यवसायीहरू चिन्तित बनेका छन् । एकै बोटलाई करोड रुपियाँसम्म लगानी गरेर ठेक्का हालेका व्यवसायीहरूको लगानी डुब्ने खतरा बढेपछि व्यवसायीहरू चिन्तित बनेका हुन् ।