कास्की : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।श्रीवास्तवले आचार्यलाई आइतबार साँझ पोखरामा भेटेका हुन्। भेटमा पोखरा र भारतका विभिन्न शहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको छ।भारतीय शहरमा हवाइ उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत पहल गर्ने र भारतमा वातावरण मिलाउन उहाँले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गरे। प्रमु