नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले सरकारले मौसम परिवर्तनमा ध्यान दिएर नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताइन् ।बुधबार बसेको बागमती प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले प्रदेशभित्रको हिम शृंखला, नदी नालाहरूको अवस्था, प्राकृतिक प्रकोपको अवस्थालाई मध्येनजर गरेर नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताइन् ।क्लाइमेट चेन्जका कारण भइरहेका प्राकृतिक प्रकोपको जोखिमलाई न्यूनिकरण गर्ने प्रकृतिको नीति तथा कार्यक्रम बनाएर कार्यान्वयनमा जान