उड्डयन प्राधिकरण अलग गराउने विधेयकको विरोध : कर्मचारी युनियनबाट आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियामक निकायको रूपमा अलग गराउने दुईओटा विधेयकको प्राधिकरण सम्बद्ध पाँचओटा कर्मचारी युनियनले विरोध गर्दैै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । गत सोेमवार राष्ट्रियसभाबाट उक्त विधेयक पारित भएसँगै कर्मचारी युनियनले फिर्ताका लागि दबाब दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । यी विधेयक प्रतिनिधिसभाबाट भने पारित भइसकेका छैनन् । प्रतिनिधिसभामा नजाँदै कर्मचारीहरू ‘नेपाल हवाई सेवा प्राधिकरण–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ को विरोधमा उत्रिएका हुन् । आइतवार प्रेस विज्ञप्ति जारी गर्दै ती युनियनले विधेयकहरू समग्रमा राष्ट्रिय हित प्रतिकूल रहेको र उड्डयन सुरक्षामा गम्भीर प्रश्न उठ्न सक्ने देखिएको भन्दै विधेयक फिर्ता गराउन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल निजीक्षेत्रलाई जिम्मा लगाएर हवाई सेवा महँगो बनाउने र त्यसको मारमा नागरिकलाई पार्न योजनाबद्ध रूपमा विधेयक ल्याइएको जिकीर उनीहरूको छ । उक्त विज्ञप्तिमा प्राधिकरणलाई टुत्र्mयाएर कमजोर संस्थामा रूपान्तरण गर्न खोजिएको लगायत विषय उल्लेख छ । यसैको विरोधमा साउन २५ गतेदेखि गरिने आन्दोलनका कार्यक्रम अन्तर्गत प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने, १२ बजेदेखि १ बजेसम्म कालोपट्टीसहित महानिर्देशकको कार्यकक्ष घेराउन गर्ने लगायत छन् । यसैगरी २८ गतेदेखि महानिर्देशक लगायतका कार्यकक्षमा तालाबन्दी गर्ने र आन्दोलनका उक्त कार्यक्रम गर्दासम्म विधेयक जे जस्तो अवस्थामा छ, त्यहीँ स्थगित गरी माग सम्बोधन नभए पुनः बैठक बसी आन्दोलन थप कडा पारिने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विभिन्न युनियनका प्रतिनिधिहरू प्राधिकरण कर्मचारी संगठनका मीनप्रसाद खनाल, मधेश तराई कर्मचारी युनियनका अजितकुमार गुप्ता, लोकतान्त्रिक कर्मचारी संघका लक्ष्मणकुमार गिरी, राष्ट्रिय कर्मचारी युनियनका नन्दप्रसाद तिमिल्सिना र नेपाल राष्ट्रिय कर्मचारी संगठनका श्रवणकुमार यादवको हस्ताक्षर छ । उक्त विधेयक तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले २०७६ फागुन ११ मा राष्ट्रियसभामा दर्ता गराएका थिए ।

सम्बन्धित सामग्री

सडक अवरुद्ध हुँदा तराई जानेको जुम्ला विमानस्थलमा भीड

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दशैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ।...

कर्मचारीलाई संघर्षका कार्यक्रम स्थगित गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्दोलनरत प्राधिकरणभित्र क्रियाशील कर्मचारी ट्रेड युनियनलाई संघर्षका कार्यक्रम स्थगन गर्न अनुरोध गरेको छ। प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलनरत सम्पूर्ण क्रियाशील कर्मचारी युनियन, पेसागत संघ–संगठन तथा आमकर्मचारी वर्गमा सञ्चालित विरोधका कार्यक्रम स्थगन गर्न आग्रह गरेको हो। प्रतिनिधिसभाको […]

कर्मचारी ट्रेड युनियनको ८ औं दिनको आन्दोलनमा

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन खोजेको भन्दै कर्मचारी ट्रेड युनियन ८औं दिन पनि आन्दोलनमा उत्रिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड युनियनले सोमबार बबरमहलस्थित प्राधिकरणको मुख्य कार्यालयअगाडि प्राधिकरणलाई टुक्राउनु नहुने मागसहित बिरोध प्रदर्शन गरेको हो । युनियनले युरोपियन युनियन (इयू) मा नेपाल समावेश नभएकोले भन्दै युरोपियन युनियनले भनेको मान्न आफू बाध्य नभएको […]

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले दिए हवाई सेवा बन्द गर्ने चेतावनी

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनरत कर्मचारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सङ्गठनका अध्यक्ष मीनप्रसाद खनालले नेपालमा युरोपेली युनियनले व्यापार गर्ने लक्ष्य राखेको र व्यापारीहरूको साठगाँठमा नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने चलखेल भएकाले संस्था जोगाउनका लागि कर्मचारीहरू आन्दोलनमा उत्रन बाध्य भएको बताए । माग पुरा नभए अन्तर्राष्ट्रिय

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित

नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् ।प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको […]

उड्डयन प्राधिकरण टुक्राउने विधेयकको विरोधमा कर्मचारी आन्दोलित

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा जाने…

उड्डयन प्राधिकरण टुक्राउने विधेयकको विरोधमा कर्मचारी आन्दोलित

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा जाने…

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउने गरी विधेयक आएको भन्दै कर्मचारीले थाले आन्दोलन

नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन्

विधेयकविरुद्ध प्राधिकरणका कर्मचारी आन्दोलित

काठमाडौं, साउन २६ । नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण विधेयकले हवाई सेवालाई महंगो बनाउनुका साथै स्वार्थ समुहको चलखेलले उड्डयन सुरक्षामा असर पर्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । […]

नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल वायु सेवा निगमका कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी पनि आन्दोलनमा उत्रिने भएका छन् । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको हालको प्राधिकरणलाई टुक्र्यार दुईवटा संस्था बनाउनेगरी प्रस्ताव अघि बढाएसँगै प्राधिकरणका कर्मचारी युनियनले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । कर्मचारी युनियन सम्बद्ध पाँच संगठन नेपाल नागरिक उड्डयन […] The post नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.