सिरियामा सन् २०११ मार्च १५ देखि सुरू भएको स्वाभाविक विरोध प्रदर्शन सिरियाली राष्ट्रपति बसर अल असदको क्रुर दमनको चपेटामा पर्यो। त्यो आज पर्यन्त जारी छ।देशी-विदेशी शक्ति केन्द्रको क्रीडा भूमिमा परिणत भएको यो गृहयुद्ध बहुआयामिक छ। अरब क्षेत्रमै सैनिक र सामरिक दृष्टिबाट निकै शक्तिशाली मानिने सिरियालाई अहिले युद्धले छिन्नभिन्न नै पारिदिएको छ।त्यतिखेर लामो समय शासन गरिसकेका सिरियाली राष्ट्रपति असदको राजीनामा माग गर्दै आमजनताले शान्तिपूर्ण विरोध प्रदर्शन थालेका थिए। देशव्यापी