एमसीसी पारित भए देश अर्को सिरिया बन्छ : गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेपाललाई सिरिया बन्न नदिन आफूहरूले एमसीसीको विरोध गरेको बताएका छन् । एमसीसी पारित भयो भने नेपाल शक्ति केन्द्रको रणभूमि बन्ने खतरा रहेको बताएका हुन् ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले एमसीसी खारेज नभएसम्म संघर्ष गर्ने बताएका हुन् ।  ‘सहयोग चाहिँदैन भन्दाभन्दै सहयोग लिन दबाब दिनुको पछाडिको उद्देश्य के हो ? नेपाललाई अर्को सिरिया बनाउन खोजिएको छ, हामी सिरिया बन्न दिँदैनौँ,’...