पूर्व माओवादी केन्द्रका चारजना नेताले ‘सांसद पदमा पुनर्बहाली हुन पाउँ’ भनेर सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले त्यसबारे कारण देखाउ आदेश दिएका छन् । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु शाहले आफुहरुलाई सांसद पद समेत नरहने गरी माओवादी केन्द्रले गरेको कारवाही अन्यायपूर्ण भएको जिकिर गरेका थिए । कारवाही अघि सुनुवाइको मौका नदिएको उनीहरुको जिकिर थियो । तर, अदालतले ३ ओटा