संखुवासभा : संखुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पक्राउ परेकी महिनाको नाम भने प्रहरीले खुलाएको छैन।भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गएराति ७ बोरामा रहेको करिब २ सय किलोग्राम रहेको सालकको खपटासहित पक्राउ परेका छिरिङ र एक महिलालाई नियन्त्रणमा दिएको एक प्रहरी अधिकृतले बताए। पक्राउ परेकाहरुला