महोत्तरी : जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन पक्राउ परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमाना