कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी

काठमाडौँ,१९ माघ । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गरेका उनले च्याउखेती गर्दै आएको हो । बाह्रैमहिना च्याउ उत्पदान गर्दै आउनु भएका उहाँले फार्म सञ्चालनका लागि रू सात लाख लगानी गरेका छन् । […]

सम्बन्धित सामग्री

मंगला र मालिका गाउँपालिकाका विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

१५ फागुन, म्याग्दी । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका-२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका-७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मङ्गला माविमा प्राविधिक धार कक्षा (९–१२) मा बाली […]

कृषि प्राविधिक पढेका विष्णुको फूलखेती

२८ कात्तिक, कञ्चनपुर। कृष्णपुर नगरपालिका-६ का विष्णु विकले कृषिमा आईएस्सी एजीसम्म बढेका छन् । कृषि प्राविधिक पढेका अधिकांशको आकर्षण लोकसेवा पास गरेर सरकारी जागिर खाने नै हुन्छ । जागिरको खोजीमा नहिँडेर विकले फूलखेतीमै भविष्यको सपना बुन्न थालेका छन् । एक बिघा जग्गामा फूलखेती गरेर उनले गतिलो आम्दानी हात पार्न थालेका छन् । तिहारको आजसम्म विकले […]

विगतका वर्षभन्दा यसपालि फूलको माग उच्च

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उनले फूलखेतीबाट मनग्य आम्दानी गरेका छन् । शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उनले बताए । ‘अहिले तिहारका […]

प्राविधिक शिक्षाप्रति आकर्षण : किसानसँगै खेतबारीमा भेटिन्छन् विद्यार्थी

चैत १२, म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिका ७ विममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरु प्रयोगात्मक अभ्यासकालागि विद्यालय पोसाकमै कृषकका खेतवारीमा पुगेर कृषकलाई खेतीपातीका कुराहरु सिकाइरहेका छन् । कृषिलाई आधुनिकीकरण गर्ने उद्धेश्यले  खेतबारीमा प्रयोगात्मक अध्ययन गर्दै गरेका बाली विज्ञानका विद्यार्थीहरुले कृषकहरुलाई व्यवसायीक कृषि भनेको के हो ? वैज्ञानिक खेती प्रणालीको विकास कसरी गर्ने ? उन्नत मल बीऊको प्रयोगले कसरी उत्पादन वृद्धि गर्न सकिन्छ लगायतका कुराहरु सिकाउँदै र उनीहरुका अनुभव सुन्दै रमाइरमाइ अध्ययन गरिरहेका भेटिन्छन् ।  विममा २०६८ सालमा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी २९ महीने जेटीए र २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रीकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान तहको पठनपाठन शुरु भएको थियो । अहिले यहाँ २१ ओटा जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कडेलले बताए ।  कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । ‘कृषि पढ्ने विद्यार्थीलाई अभ्यास गराउने क्रममा किसानका खेतवारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउँदै आएका छौं’, शिक्षालयका प्रमुख कडेलले भने, ‘हाम्रो आफ्नै कृषि फर्म पनि छ,त्यहाँ तरकारी र फलफूल खेती,च्याउँ खेती,माछा पालन आदि गरेका छौं, खेतवारीमा नै पुगेर किसानसंगसंगै अभ्यास गर्दा अझ व्यवहारिक हुने भएकाले किसानकै खेतवारीमा पठाउने गरेका हौं ।’  ‘हामी यही विषय पढ्दै आएका छौं । हामीले अभ्यास पनि गर्नुपर्छ,किसानसँगै खेतमा काम गर्दा धेरै ज्ञान पनि पाइँदोरहेछ’, बाली विज्ञानको दोस्रो सेमिष्टरमा अध्ययनरत छात्रा सोविता बूढाले बताइन् ।   कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएका प्रमुख कडेलले बताए । किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन सहज भएको उनको भनाइ छ ।  उक्त शिक्षालयमा १८ महीने जेटीएको अध्ययन सकेर अहिले मङ्गला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलङ्गाकी जानुका बडाललगायत ५० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगतरुपमा नै कृषि फार्म सञ्चालन गरेर मनग्गे आम्दानी गर्दै आएका छन् ।

जागिरसँगै ड्रागन खेतीमा जमेका दुई युवा

ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेको पहिलो वर्षमै मनग्य आम्दानी हुन थालेपछि कृषि प्राविधिकको जागिरसँगै ड्रागन खेतीमा लागेका धनुषाका दुई युवा उत्साहित बन्नुभएको छ । मिथिला नगरपालिका –९, बेंगाडाबरमा सोही वडाका उमेशकुमार महतो र बटेश्वर गाउँपालिका –१ का सञ्जयकुमार महतोले डेढ वर्षदेखि ड्रागन फ्रुटको खेती गरिरहनुभएको छ । उहाँहरू दुवैजना नेपाल सरकारका कृषि प्राविधिक पदका जागिरे हुनुहुन्छ । सञ्जयकुमार मिथिला नगरपालिकाका कृषि विकास शाखा प्रमुख हुनुहुन्छ । उमेशकुमार सोही शाखामा कृषि प्राविधिक पदमा कार्यरत हुुनुहुन्छ ।

तालिम र अनुदानले कृषिमा आकर्षण बढ्दै

पुस २९, रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका नरसिङ पुन आजभोली आफ्नै खेतबारीमा व्यस्त छन् । तरकारी खेतीबाट घरमै राम्रो आम्दानी हुने भएपछि पुनले व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् ।  लुङ्ग्री गाउँपालिकाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्वारा सञ्चालित दिगो तथा मर्यादित, सामाजिक, आर्थिक सशक्तिकरण कार्यक्रमले तालिम तथा कृषि सामग्री सहयोग गरेपछि पुन जस्तै यहाँका दर्जनौ स्थानीयहरु व्यावसायिक कृषिमा लागेका हुन् ।  गाउँमै कृषि प्राविधिकबाट प्राङ्गारिक झोल मल बनाउने ज्ञान पाएपछि उनीहरुलाई थप टेवा पुगेको छ । कृषि प्राविधिक गाउँमै आएर प्राङ्गारिक मल र विषादी बनाउन सिकाएपछि तरकारी खेतीमा सहज भएको लुङ्ग्री गाउँपालिका–१ पाङका रणबहादुर विष्टले बताए ।  ‘तितेपाती, सिस्नु लगायतका झारपातबाट विषादी बनाउने गरेका छौं’ विष्टले भने ‘यसको प्रयोगले उत्पादनमा पनि वृद्धि भएको छ ।’ विष्टले टनेलमा लगाएको टमाटरखेतीले राम्रो उत्पादन दिएको छ । तरकारी उत्पादन फस्टाउदै गएपछि आम्दानी पनि बढ्न थालेको उनीहरुको भनाइ छ । गत वर्ष मात्रै झण्डै ३ लाख आम्दानी गरेको विष्टले बताए । तालिम र प्राविधिक सहयोग पाएपछि रोल्पाका स्थानीयहरु व्यावसायिक कृषिमा लागेका छन् । तालिमबाट सिकेको सीप र अनुदानमा पाएको सामग्रीको प्रयोग गर्दै तरकारी खेतीबाट स्थानीयले आम्दानी समेत गर्न थालेका हुन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा तालिम र अनुदान पाएपछि यहाँका किसानहरु कृषि व्यवसायमा प्रेरित भएका हुन् ।

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जिल्लाको खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका कृषि प्राविधिक अनिपाल ऐडीले बताउनुभयो ।

म्याग्दीमा फस्टाउँदै प्रांगारिक तरकारीखेती

म्याग्दी । कोरोना महामारी शुरू भएयता म्याग्दीमा प्रांगारिक तरकारीखेतीको लहर चलेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेपछि मानिसहरू फुर्सदिला बनेको र घरगाउँमै सीमित रहनुपर्ने बाध्यताले उनीहरू प्रांगारिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । प्रांगारिक तरकारीखेतीबाट राम्रो उत्पादन र मनग्गे फाइदा भएपछि जिल्लाका किसान व्यावसायिक रूपमै अग्र्यानिक तरकारी उत्पादनतर्फ लागेका छन् । २८ वर्षदेखि कृषि पेशामा लागेका बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता तरकारीको आम्दानीबाट सन्तुष्ट छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकै १२ रोपनी खेत र बारीमा उनले प्रांगारिक तरकारीखेती गर्दै आएका छन् । महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण बढेसँगै मानिसले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अग्र्यानिक खानेकुराको उपभोग बढाए । जिल्लामा आयातित तरकारी र फलफूल नपाइएको र त्यसमा रुचि पनि नभएपछि बजारवासीले कृषककहाँ पुगेरै तरकारी खरीद गर्न थाले । यसले कार्कीजस्तै व्यावसायिक तरकारीखेतीमा लागेका किसान उत्साहित छन् । खबराकै अर्का कृषक शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी लगायत कृषकले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीवाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका कृषक कार्कीले २०७६ चैतदेखि २०७८ को वैशाखसम्म तरकारी विक्रीबाट ११ लाखभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका कृषक पौडेलले पनि गतवर्ष आफूले तरकारीबाट सोचभन्दा बढी आम्दानी गरेको सुनाए । म्याग्दीका ६ ओटा स्थानीय तहमा गरी २ सयभन्दा बढी कृषक व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारीखेतीमा लागेका किसान पछिल्ला वर्षमा उल्लेख्य आम्दानी गर्न सफल भएको कृषि प्राविधिक जगत बानियाँ बताउँछन् । बानियाँ भन्छन्, ‘कोरोना कहर शुरू भएयता मानिसले अग्र्यानिक उत्पादनको महŒव बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग शहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको छ ।’ कोरोनापछि धेरै मानिसले अग्र्यानिक उत्पादन खोज्न थालेको बगरफाँटका कृषक जितबहादुर कार्कीको पनि अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरन्जा सडकको छेउमा रहेको उनको बारीमा अग्र्यानिक तरकारी खरीद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । म्याग्दीमा निजीक्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आवेबगरमा करीब १० करोड रुपैयाँ र मंगला गाउँपालिकाको हिदीमा ३ करोड रुपैयाँ लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । जिल्लामा पछिल्लो समय अग्र्यानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अग्र्यानिक खेतीतर्फ लागेका छन् ।