विगतका वर्षभन्दा यसपालि फूलको माग उच्च

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनक सिंहलाई फूल बिक्री गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरमा कृषि प्राविधिक पदमा कार्यरत उनले फूलखेतीबाट मनग्य आम्दानी गरेका छन् । शुभकार्य र सभासमारोहका लागि आवश्यकपर्ने फूल भारतबाटै आयात हुने गरेको भन्दै भारतीय आयातलाई थोरै भए पनि विस्थापित गर्न व्यावसायिक रुपमा फूलखेती गरेको उनले बताए । ‘अहिले तिहारका […]

सम्बन्धित सामग्री

भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध

काठमाण्डाै - यस वर्षकाे तिहारलक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो । तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो । विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो । तर, यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्...

भोलि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने

काठमाडौं। भोलि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ। विगतका वर्षभन्दा यसपालि फूलको माग उच्च देखिएको छ। खोटाङमा २५ लाख मूल्य बराबरको किबी उत्पादन भएको छ। इजिप्टमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। इण्डोनेशियामा अजिङ्गरले निलेको महिलाको शव फेला परेको छ।

जाजरकोटमा ९०% ले घट्यो मह उत्पादन

पुस २७, जाजरकोट । भारी मात्रामा मह उत्पादन गिरावट आएपछि जाजरकोटका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् । नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह विक्रीबाट रू. पाँच लाख बढी आम्दानी गरेका थिए । तर यसपालि मह उत्पादन नभएपछि उनी निराश भएका छन् ।  त्यस्तै, गत वर्ष ३०० केजीभन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका हरिबहादुर पुनको ६० घार मौरीले २० केजी मह पनि लगाएन । पुनले व्यावसायिकरूपमा मौरीपालन व्यवसाय गर्दै आएका छन् ।  आम्दानी घटेपछि उनी निराश भएका छन् । बुढा र पुन केही प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्लाभर एक हजार १०० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् । गत असोज–कात्तिक महीनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जानकारी दिएको छ ।  मौरीलाई चरन क्षेत्रको अभाव, वनविनास, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको हो । बेमौसमी वर्षात्ले मौरी क्षेत्रका चिउरी र अन्य सिजनल फूलहरूमा पानी जम्मा भएर रस बगाएर लैजानु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्याले मह उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए । उनले भने, ‘मौरीपालन क्षेत्रमा विषादी प्रयोग बढ्दै जानु, मौरी गोलालाई अरिङ्गाललगायत शिकारी जीवबाट आक्रमण हुनु, जलवायु परिवर्तनका कारण समयमा फूल नफुल्नाले मह उत्पादन घटेको हो ।’ गत वर्ष प्रतिकेजी रू. ६०० पर्ने मह यस वर्ष रू. एक हजार प्रतिकेजी हाल्दा पनि नपाउने अवस्था छ । उत्पादन घट्दा मूल्यवृद्धि भएको छ । नलगाड नगरपालिकाद्वारा मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान पनि यस वर्ष निराश छन् ।  सरकारले विगत केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोनमार्फत किसानलाई अनुदान तथा प्राविधिक सहयोग गदै आएको तर मह उत्पादन भने बढ्नुको साटो घट्दै गएको छ ।  जाजरकोटमा गत वर्ष करीब १० टन अर्थात् १० हजार केजी मह उत्पादन हुने गरेकामा यस वर्ष ९० प्रतिशत घटेर एक टन अर्थात् एक हजार केजीको हाराहारीमा मात्र मह उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी नेपालीले बताए ।  उनका अनुसार जिल्लामा परम्परागत घार चार हजार २०२, आधुनिक घार एक हजार ९४६, खोपे अर्थात् घरको भित्तामा एक हजार ८४ गरी सात हजार हजार २२६ ओटा घार रहेका छन् ।  यी घारमा करीब ९१ हजार ४२३ कजी अर्थात् ९१ टन मह उत्पादन क्षमता रहेको भए पनि जलवायु परिवर्तनका कारण हरेक वर्ष मह उत्पादन घट्दो क्रममा रहेको नेपालीले बताए । त्यस्तै भेरी नगरपालिका–१ मैदे, पिपे पनि मह उत्पादनका हिसाबले राम्रो मानिँदै आएको छ । रासस

फूल टिप्न भ्याइनभ्याइ (फोटो फिचर)

काठमाण्डाै – यमपञ्चक अर्थात तिहार सुरु भएकाे छ ।  तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ। तिहारका अरु सरसामग्रीसँगै फूलको पनि कारोबार भइरहेको छ । तिहारलाई फूलको चाड पनि भनिन्छ । सयपत्री, मखमली, गोदावरी लगायतका फूल तिहारमा चाहिन्छ। तिहार सुरु भएसँगै फूल टिप्नेलाई पनि भ्याइनभ्याइ भएकाे छ । ​काठमाण्डाैकाे नागार्जुन नगरपालिकाकी चिनीमाया मोक्तानलाई पनि तिहारका लागि फूल टिप्न भ्याइनभ्याइ भएको छ। गएको वर्ष कारोना महामारीका कारण फूल त्यति बिक्री गर्न नपाउनु भएकी उहाँ यसपालि ...

तिहार नजिकिएसँगै फूलको कारोबारमा वृद्धि

संखुवासभा-नजिकिँदो तिहारसँगै संखुवासभामा फूल खरिदबिक्रीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । केही वर्ष अघिसम्म फूलको अभाव हुँदा बजारमा बिक्रीका लागि राखिने गरिएका इन्डियन फूल र तराईका केही जिल्लाबाट आएका फूलमा परनिर्भर रहेका संखुवासभाका खाँदबारी चैनपुर, खराङ बजार, तुम्लिङ्टार, मानेभञ्ज्याङ लगायतका बासिन्दा यसपालि भने आफ्नै जिल्लामा उत्पादन गरिएका फूलले तिहार मनाउने सोचाईमा छन् । जिल्लामा अघिल्ला […]

डेढ करोडका फूल आयात

तिहारका लागि मात्र भारताट डेढ करोडभन्दा बढी मूल्यबराबरको सयपत्री फूल आयात भएको यहाँका व्यवसायीले बताएका छन । बाढीका कारण भारतमै फूलको मूल्य बढेकाले यहाँ पनि यसपालि सयपत्री माला महँगो पर्ने उनीहरूको भनाइ छ ।