म्याग्दी महोत्सवमा हेलिकोप्टर सफारी

पर्वत : छैटौँ म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा बिहीबारदेखि हेलिकोप्टरबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न पाइने भएको छ।  म्याग्दी लवर्स युवा क्लबले महोत्सव स्थलबाहिर टिकट बिक्री सुरु गरेको छौटौँ दिनसम्मको बुकिङको आधारमा बिहीबारबाट उडा...

सम्बन्धित सामग्री

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

बेनी : म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ। यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो। धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ ) मिटर धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन्। सरकारल

म्याग्दीका हिमाल आरोहणका लागि आउन थाले आरोही

असोज १, म्याग्दी । म्याग्दीस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल शुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् ।  सेभेन समिट र पाइनर ट्रेकमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका इन्द्रसिंह शेरचनले बताए । आरोही सडक र पदमार्ग अवरुद्ध भएकाले हेलिकोप्टर चढेर गएका हुन् ।  ‘बीस जनाको टोली हेलिकोप्टरबाट र २० पैदल हिँडेर आधार शिविर पुगेका छन्’, शेरचनले भने, ‘हिमालयन र डोल्मा टे«कमार्फत अनुमति लिएका पर्वतारोही काठमाडौंबाट आउने तयारीमा छन् ।’ जापान, चीन, स्पेनलगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका सेभेन समिट टे«कबाट आएकी माया शेर्पाले बताए । उनीसहित पूर्णिमा श्रेष्ठलगायत नेपाली पर्वतारोहीको टोली पनि धवलागिरि आरोहणमा आएको छ ।  ‘धवलागिरिमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्’, उनले भने, ‘यो याममा हामी नेपाली महिला पर्वतारोही धवलागिरि चढ्ने तयारीमा छौँ ।’ सो टोलीले गत वैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलोपटक चढ्ने नेपाली महिलाको कीर्तिमान बनाएको थियो । त्रियासी वर्षमा प्रवेश गरेका स्पेनका कार्लोस सोरिया पनि धवलागिरि आरोहणका लागि आएका छन् । उनले गत यामसहित ११आँै पटकसम्म धवलागिरि हिमाल आरोणको प्रयास गरेका थिए । पर्यटन विभागले भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन शुरु गरेको थियो ।  ४० जनाले धवलागिरि हिमालको आरोहणका लागि अनुमति लिएर रू. ४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका विभागले जानकारी दिएको छ । शरद्याममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ । रासस

सडक सम्पर्क विच्छेद हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकोप्टर चार्टर

‍म्याग्दी– गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर गरेर अस्पताल पुर्‍याउने गरिएको छ। मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको हो। भीरबाट लडेर घाइते भएका मालिका गाउँपालिका–६ दरबाङका राहुल आचार्यलाई बुधबार […]

बाढी र पहिरोले देशभर ६ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । केही दिनयता निरन्तरको वर्षापछि मंगलवार साँझदेखि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बुधवार साँझ ७ बजेसम्म देशभरबाट प्राप्त तथ्यांकअनुसार बाढी र पहिरोमा परी २७ जना बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोबाट बुधवार सिन्धुपाल्चोकमा दुईजना र बाजुरा, पाल्पा, डोटी तथा कास्कीमा एक/एक जनाको मृत्य भएको छ । देशभर कति घरपरिवार प्रभावित भए भन्ने यकिन तथ्यांक नभए पनि ८९ ओटा घर बाढी र पहिरोले बगाएको तथ्यांक प्राप्त भएको प्रवक्ता दाहालले बताए । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको छ । त्यसपछि मनाङमा बढी प्रभाव परेको छ । त्यसैगरी बाजुरा, म्याग्दी, गुल्मी, डोटी, पाल्पा लगायत ठाउँमा पनि बाढीले जनधनको क्षति गरेको छ । उद्धार र राहतका लागि जिल्ला व्यवस्थापन समिति, स्थानीय तह, प्रहरी र सेना सक्रिय भएका छन् । गृहले सिन्धुपाल्चोकमा दुईओटा हेलिकोप्टर परिचालन गरी उद्धार गरेको प्रवक्ता दाहालले जानकारी दिए । यस्तै मनाङमा पनि उद्धारका लागि हेलिकोप्टर तयार गरिएकोमा मौसमका कारण बुधवार उडान हुन नसकेको उनको भनाइ छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका अनुसार बुधवार साँझ ६ बजे मेलम्चीको जलसतह ४ दशमलव ७ मिटरबाट घटेर ३ मिटरमा आएकोमा ६ः४५ बजे पुनः बढेर ६ मिटर पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश क्षेत्रमा घना वर्षा हुने प्रक्षेपण गरेको छ ।  महाशाखाका अनुसार बुधवार महाकाली, कर्णाली र नारायणीको बहाव बढेर मध्यम जोखिम देखिएकोमा पश्चिम राप्ती, तिनाउ र बबईमा उच्च जोखिम देखिएको छ । सिन्धुपाल्चोकमा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याउँदै आए पनि सरकारले बस्ती स्थानान्तरण र आवास पुनर्निर्माणको काम  गरेको देखिँदैन । अघिल्लो वर्ष असारमा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आएको पहिरोबाट विस्थापित भएकाहरूको स्थानान्तरण र आवास निर्माण अझै हुन सकेको छैन । जग्गा खोजी, कानूनी प्रक्रिया पूरा गर्ने लगायत विभिन्न कामको पहल भइरहेको मन्त्रालयका प्रवक्ता दाहालले बताए । शहरी विकास मन्त्रालयसँग सहकार्य गरेर बस्ती स्थानान्तरणका लागि आवश्यक प्रक्रिया अघि बढाइराखेको जानकारी उनले दिए ।

धवलागिरि हिमालबाट ५ हजार किलो फोहोर संकलन

म्याग्दी । नेपाली सेनाले धवलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरेको छ । संकलित फोहोर सेनाले धवलागिरि गाउँपालिकालाई बुझाएको छ । नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ अन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित ८ हजार १६७ मिटर अग्लो हिमालका विभिन्न क्याम्पका साथै पदैलमार्गका थुप्रिएको फोहोर संकलन गरिएको हो । संकलन गरेको फोहोर प्रभु हेलिकोप्टरमार्फत शुक्रवार म्याग्दीको ताकममा ल्याएर धवलागिरि गाउँपालिकाका जनप्रतिनिधिलाई बुझाइएको सेनाले बताएको छ । सेनाले संकलन गरेको ५ हजार २० किलो फोहोरमध्ये सड्ने–कुहिने ३०० किलो फोहोर गाउँपालिका र नकुहिने ४ हजार ७२० किलो फोहोर रिसाइकल गरी व्यवस्थापनका लागि अवनी भेन्चर्सलाई बुझाइएको छ । फोहोर संकलनका क्रममा धवलागिरि बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्वीपमेन्ट सहितका दुईओटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्याम्पतर्फ ९ एनएसीआर लेखिएको हेलिकोप्टरको अवशेष फेला परेको थियो । यस्तै हिमाल सफाइकै क्रममा भेटिएका दुईओटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि ताकम प्रहरी चौकीमार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाइएको छ । यसअघि सन् २००६ मा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा हिमालमा भेटिएका मृतकको पहिचान हुन सकेको थिएन ।

तस्वीर :  बारीमा अवतरण भएको हेलिकोप्टर

धौलागिरि आरोहणमा गएको पूर्णिमा श्रेष्ठलगायतको टोलीलाई लिन बिहीवार धौलागिरि आधार शिविरतर्फ जाँदै गरेको हेलिकोप्टर मौसम खराब भएपछि म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका क्षेत्रमा अवतरण गरिएको छ । तस्वीर:  रासस

धौलागिरि आरोहणमा हिँडेका बाटैमा बिरामी, मौसमले उद्धारमा समस्या (फोटो फिचर)

म्याग्दी : म्याग्दीको धौलागिरी हिमालको शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन्।बुधबारदेखि मौसममा अचानक मौसम खराब भएपछि सबै आरोही शिविरमा रोकिएपछि उद्धारका लागि आज बिहीबार हेलिकोप्टर परिचालन गरिएको छ। तर हेलिकोप्टर मौसम खराबीको कारण वेस क्याम्पसम्म पनि पुग्न सकेको छैन। आधार शिविर जाने बाटोमा पर्ने धौलागिरि गाउँपालिका ४ खिवाङको बारीमा अवतरण गरिएको छ।दुई साता अगाडि धौलागिरि बेसक्याम्पमा पुगेका आरोहीहरूमध्ये केही बिरामी भएपछि हेलिकोप्टर लिन गए पनि

हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुको शव संकलनको काम सुरु

म्याग्दी – गूर्जा हिमालको आधारशिविरमा हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुको शव संकलनको काम सुरु भएको छ । पोखराबाट गएको हेलिकोप्टर गुर्जा गाउँमा अवतरण गरेको र दक्ष चालकसहित उद्धारकर्मी, प्रहरी र नेपाली सेनाको टोली आधारशिविर तर्फ जाने तयारीमा रहेको  गण्डकी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले...

आरोहीहरूको खोजी कार्यमा 'मौसम बाधक'

शनिवार उद्धारका लागि काठमाण्डूबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेपछि म्याग्दी जिल्लामा पर्ने गुर्जा हिमालको फेदी नजिकै देखिएका आरोहीहरूका शव ल्याउने तथा हराइरहेकाहरूलाई खोजी गर्ने पहल विफल भएको हो।

सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?

चुनाबको तयारीमा जुटेका एनअारएन नेताहरु अाइतबार कोही पनि काठमाडौंमा थिएनन्। लगभग सबै नेताहरु हेलिकप्टर चार्टर गरेर म्याग्दी गएका कारण दरबारमार्ग क्षेत्रमा उनीहरुको उपस्थिति देखिएन।