मेलम्ची फेरि अनिश्चित

सुरुङमार्ग मर्मतका लागि पानी निकालेर सुरुङ खाली गरिएकै दिन बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्ची आयोजनाको पानी काठमाडौंमा पुनः वितरणको मिति अब अनिश्चित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत पारेको छ ।

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी आयोजना पुर्निर्माण अनिश्चित

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको ४ महिना बितिसक्दा समेत आयोजनाको क्षतिको यकीन हुन सकेको छैन । यसले आयोजना निर्माणमा अन्योल बढाउँदै लगेको छ । कात्तिक महिनासम्म पनि वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ । आयोजनाले केही समय पहिले नै मर्मत शुरू गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । आर्थिक अभियानमा खबर छ ।

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । “लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै

मेलम्ची खानेपानी आयोजना अनिश्चित भएपछि विकल्प खोजिँदै

बाढीसँगै मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेपछि काठमाडौं उपत्यकामा खानेपानीको फेरि उस्तै हाहाकार भएको छ । उपत्यकाका अधिकांश स्थानका धारामा ९ दिन बिराएर खानेपानी आउन थालेपछि हाहाकार देखिएको हो ।वर्षामा समेत काठमाडौंमा खानेपानी हाहाकार हुन थालेपछि र बनिसकेको मेलम्चीको अनिश्चित भएपछि यसको लागि उपयुक्त विकल्पको खोजीसमेत हुन थालेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले यसको […]

२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिएको थियो । तर, यसरी वितरण गरिएको तीन महिनामै असार पहिलो सातादेखि निरन्तर रुपमा मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुर्याएसँगै मेलम्ची आयोजना नै अनिश्चिन बनेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले असार पहिलो साता र स...

२२ वर्षपछि काठमाडौं आएको मेलम्ची फेरि अनिश्चित

काठमाडौं, साउन २२ । दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिएको थियो । तर, यसरी वितरण गरिएको तीन महिनामै असार पहिलो सातादेखि निरन्तर […]

मेलम्ची खानेपानी फेरि अनिश्चित

मेलम्चीको शिरमा गएको डरलाग्दो पहिरोको कारण काठमाडौंमा भर्खरै मात्र सञ्चालनमा आएको मेलम्चीको भविष्य फेरि अनिश्चित बनेको छ । अब मेलम्ची फेरि दीर्घ रोग र सपना मात्रै हुने त होइन भन्ने प्रश्न उब्जन थालेका छन् । नदीमा आएको लेदोसहितको बाढीले मेलम्ची खानेपानी सुरुङको मुहानमा ढुंगा, माटो, बालुवा तथा कंक्रिट र मुढा थुपारिदिएपछि पानीको सतह पनि देखिन […] The post मेलम्ची खानेपानी फेरि अनिश्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाढीले गर्दा मेलम्ची खानेपानी आयोजना अनिश्चित, करिब २ अर्बको क्षति

काठमाडौं, साउन १८ । सिन्धुपाल्चोकमा हालै गएको पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति पुगेको र काठमाडौंमा पानी ल्याउने समय अनिश्चित बनेको आयोजनाले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले शुक्रबार राति थपिएको बाढीसँगैको पहिरोले मेलम्ची खानेपानी आयोजना कहिलेसम्म बनाउन सकिन्छ भन्ने नै अनिश्चित भएको […]

सरकारले भन्यो : मेलम्ची खानेपानी आयोजना अनिश्चित भयो

१८ साउन, काठमाडौं । आइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) क्षेत्र बाढीले बगाएर ल्याएको ढुंगा, माटो र बालुवाले पुरेकाले आयोजना अनिश्चित भएको बताएकी हुन् । […]

मेलम्चीको पानी आउने समय अनिश्चित

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना फेरि उपत्यकामा आउने समय अनिश्चित बनेको छ। यही असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले खानेपानी फेरि काठमाडौं आउने समय अनिश्चित बनेको हो। सरकारले गत वर्ष २०७७ चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गरेको थियो। बाढीले आयोजनाको सुरुङ र मुहानलाई नै क्षती गरेका कारण फेरि पानी आउने समय अनिश्चित बनेको हो।